बाढीका कारण अफगानिस्तानमा मृत्यु हुनेको संख्या १२० पुग्यो
एजेन्सी । अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको र सो बाढीमा परी १२० जनाको मृत्यु भएको र अरु १५० जना घाइते भएका यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
ती घटनाहरु देशका कम्तीमा पनि १२ ओटा प्रान्तहरुमा भएको यहाँका विपद् व्यवस्थापन सम्बन्धी राज्यमन्त्री बहुद्दिन जिलानीले जानकारी दिएका हुन् । स्थानीय अधिकारीकाअनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने त्यहाँ १०० जना भन्दा बढी घाइते भएका छन् ।
बाढीको क्रम निरन्तर बढी रहेकोले कतिपय प्रान्तका ठाउँमा उद्धारकर्ताले प्रभावकारी रुपमा उद्धारको काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको टोलो न्युजले समाचार सम्प्रेषण गरेको छ । विभिन्न क्षेत्रमा खटिएका ती उद्धारकर्ताले हराइरहेकाको शव भेट्टाउन तथा मानिसलाई जिवीतै उद्धार गर्न सकिन्छ की भनेर अहिले पनि प्रयास जारी राखेको जनाएका छन् ।
उनीहरुले हराएका व्यक्तिहरुको खोजी कार्य जारी राखेका तर पनि अहिले पनि वर्षा नरोकिएकोले उद्धारको काम गाह्रो भइरहेको बताएका छन् । पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका उद्धारमा खटिएका व्यक्तिहरुले जनाएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो झण्डै ३ बजेतिरबाट विनाशकारी बाढी आएको थियो ।
त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ भने अरु दश जना घाइते भएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक छ : प्रदेश प्रहरी प्रमुख खापुङ
-
दाङमा दुई महिलाको हत्या
-
एकोहोरो मिडिया ट्रायल गरेर रवि दोषी ठहर हुन्छन् ? : सूर्य थापा
-
गिरिबन्धु टी स्टेटको पूर्णपाठ सार्वजनिक : तीन बुँदे परमादेश र निर्देशन जारी
-
पनौतीको कला–सम्पदामाथि जोडिन पुगेको आधुनिक कलादीर्घा
-
‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण