६ लाख ४० हजार रुपैयाँसहित हुन्डी कारोवारी पक्राउ
शुक्रबार, १२ भदौ २०७७, १३ : ११
रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ६ लाख ४० हजार स्रोत नखुलेको रुपैयासहित १ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ईशनाथ नगरपालिका ९ लवतना गाँउ नजिकैबाट स्थानीय लक्ष्मण साहका छोरा १६ वर्षीय मनोजकुमार साहलाई गस्ती टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटरबाट डिएसपी नरेश भण्डारीको कमाण्डमा गएको टोलीले ईशनाथ २ औरैयाका साहबाट चेकजाँचको क्रममा भारतीय नम्बरको मोटरसाईकलसहित उक्त रकम बरामद गरिएको हो । बरामद रुपैयाँ, मोटरसाईकल र मनोजकुमारलाई आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्रका एसपी सुर्यबहादुर सेन ओलीले बताए ।
यसअघि गत चैत ११ पछि सशस्त्र प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट ४३ लाख,४३ हजार, ४ सय २० नगद र ४ जना मानिस पक्राउ गरिएको एसपी ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण