आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ल्याटिन अमेरिकी बजार विस्तारका लागि ओपोद्वारा अमेरिका मोभिलसँग रणनैतिक साझेदारी

शुक्रबार, १२ भदौ २०७७, १७ : ४२
शुक्रबार, १२ भदौ २०७७

शङ्चन । ओपो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चारअपरेटर)ले रणनैतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ ।

सम्झौतासँगै अब मेक्सिकन र ल्याटिन अभेरिकी बजारमा ओपो स्मार्टफोन अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारोमार्फत उपलब्ध हुनेछन् । ल्याटिन अमेरिका साथै वैश्विक बजार विस्तारका लागि यसले ओपोको ठूलो सफलताको प्रतिनीधित्व गर्छ ।

ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले भने, ‘अमेरिका मोभिलसँग रणनैतिक साझेदारी मार्फत स्थानिय उपभोक्तालाई अझ सुदृढ सञ्चार अनुभव प्रदान गर्न पाउनु हाम्रा लागि निकै गौरवको विषय हो । अमेरिका मोभिलसँगको यस साझेदारीले ओपोलाई ल्याटिन अमेरिकाको मेनस्ट्रिम बजार प्रवेशका लागि सहजता प्रदान गरेको छ । वैश्विक बजार विकासमायसको विशेष महत्व छ ।’ 

‘अमेरिका मोभिल उद्योगकै अग्रणी बहुराष्ट्रिय नेटवर्क अपरेटर हो । अमेरिका मोभिल र ओपो बीचको यस सहकार्यले थप नवप्रबर्तनात्मक उत्पादन तथा सेवाहरु ल्याटिन बजारमा भित्रिनुका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान हुने हामीले आशा लिएका छौँ’, टेलसेल मार्केटिङका उपनिर्देशक मार्कोस लिनेर्सले भने ।

महत्वपूर्ण ग्लोबल नेटवर्क अपरेटर्ससँग सहकार्य स्थापना तथा विकास, बैश्विक बजारमा ब्राण्ड प्रबर्तनका लागि ओपोको प्राथमिकतामा रहेको रणनीति हो । हालसम्म ओपोले विश्वभरका ८० भन्दा बढी नेटवर्क अपरेटर्ससँग पार्टनरशिप स्थापित गरिसकेको छ ।

सन् २०२०देखि ओपो र नेटवर्क अपरेटर्सका बीच स्थापित विभिन्न पार्टनरशिपका श्रृंखलाले यूरोप र जापान जस्ता म्याच्योर्ड बजारमा महत्वपूर्ण उपलब्धिहरु हातपार्न सघाएको छ । साथै आउने १(२ बर्षमा ओपोले यूरोप, एसिया प्यासेफिक र ल्याटिन अमेरिका लगायत क्षेत्रमा थप प्रमुख वाहकहरुसँग अझ बढी उपभोक्तासम्म पुग्न पार्टनरशिप स्थापनाको लक्ष्य राखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप