जसपा नेपालद्वारा १० प्रतिशतको थ्रेसहोल्ड हटाउन माग

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आधिकारिक ट्रेड युनियनको चुनावका लागि तोकिएको १० प्रतिशत थ्रेडहोल्डलाई घटाएर ३ प्रतिशतमा राख्न माग गरेको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्तरका ट्रेड युनियनको प्रतिनिधित्व सुनिश्चितताको लागि तोकिएिको १० प्रतिशत थ्रेसहोल्ड संविधानको भावना अनुकूल नरहेकोले त्यसलाई ३ प्रतिशत कायम गर्न माग गरेका हुन् ।
१० प्रतिशत थ्रेसहोल्ड रह्यो भने निजामती सेवामा रहेको अल्पमत वर्गका कर्मचारीहरुको सहभागिता आधिकारिक ट्रेड युनियनमा हुन नसक्ने भन्दै जसपाले निजामति सेवामा मधेशी कर्मचारीको समग्र उपस्थिति नै १० प्रतिशतभन्दा कम रहेको वर्तमान अवस्थामा १० प्रतिशत थ्रेसहोल्डका साथ तोकिएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन नेपाल र मधेशी निजामती कर्मचारी मञ्चलाई अधिकारबाट वञ्चित गराउने षड्यन्त्र भएको दावी गरेको छ ।
१० प्रतिशत थ्रेशहोल्डको दायरालाई घटाई ३ प्रतिशत कायम गरी प्रथम आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भाग लिई सकेका राष्ट्रियस्तरका ट्रेड युनियनले विनाशर्त भाग लिन पाउने व्यवस्था गर्नुपर्ने माग समेत जसपाले गरेको छ ।
साथै, सो पार्टीले कारोना महामारीको अवस्था तथा संघीय निजामती सेवा ऐन तयारीको क्रममा रहेको हुँदा सो ऐन स्वीकृत भएपछि मात्र निर्वाचनको मिति तोक्न माग गर्दै २०७७ असोज २४ गतेको लागि निर्धारित आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न पनि माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड