मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

जापानामा को हुनसक्छ आबेको उत्तराधिकारी ? यी हुन् सम्भावित नाम

शनिबार, १३ भदौ २०७७, २३ : २०
शनिबार, १३ भदौ २०७७

–क्योको हासेगावा, हिरोशी हियामा

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने आफ्नो योजना घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को हुन सक्छ भन्ने कुरा चर्चामा रहेको छ । विकल्प तयार भइसकेको देखिँदैन ।  यहाँ केही सम्भावित उम्मेदवारहरूको पार्टीगत भूमिकाबारे चर्चा गरिएको छ । 

तारो एसो

वित्तमन्त्री र उप प्रधानमन्त्रीको रूपमा दोहोरो जिम्मेवार सम्हाल्दै आएका ७९ वर्षीर्य तारो एसो लिबरल डेमोक्र्याटिक पार्टीको पाका नेता भएपनि सम्भावित उत्तराधिकारी हुन सक्ने सम्भावना छ । आवेका निकट सहयोगी एसोले सन् २००८ देखि सन् २००९ सम्म प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । तर उनले सन् २०१२ देखि उपप्रधानमन्त्री र वित्तमन्त्रीका रूपमा काम गर्दै आएका हुन् ।

सन् २००९ मा सत्ताधारी एलडीपी पार्टीले नराम्रो पराजय व्यहोरेसँगै एसोले प्रधानमन्त्रीको पद त्याग्नुपरेको थियो । लामो समयदेखि उनले उच्च पदमा पुग्ने आशा राखेपनि आवेको आर्थिक सुधारको नाराले उनी छायाँमा पर्दै आएका थिए । 

उनको लामो राजनीतिक जीवन बुढापाका व्यक्तिमा सरकारी लगानी खेर फाल्नु नहुने भन्ने विवादास्पद भनाइका कारण बारम्बार छायाँमा परेको छ । उनले संवैधानिक सुधार गर्ने समय जर्मनी नाजीबाट सिकेर सरकारी लगानीलाई जोगाउनुपर्ने भनी दिएको प्रतिक्रियाले एलडीटीमा ठूलै विवाद ल्याएको थियो । उनले सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका बेला व्यापक आर्थिक प्रोत्साहनको कार्यक्रम ल्याएका थिए ।

शिगेरू इशिबा

पूर्व रक्षामन्त्री शिगेरू इशिबा एक सैन्यकुशल क्षमता भएका नेता हुन् । पप संगीतको फ्यान भएका कारण युवाजगतमा उनी लोकप्रिय छन् । पुरानो बैंकर तथा राजनीतिक परिवारका सदस्यसमेत रहेका इवेरूको सरकार सञ्चालनमा महत्वपूर्ण अनुभव रहेको छ । उनलाई जापानको राजनीतिक क्षेत्रमा प्रखर वक्ताको रूपमा हेरिन्छ ।

उनी केवल २९ वर्षमा जापानको संसद सदस्यमा निर्वाचित भई आएका हुन् । आबेले जस्तै इशिबालाई आफ्नो कार्यक्रमको सशक्त प्रतिवाद गर्नसक्ने नेताका रूपमा लिइन्छ । उनले संविधानमा देशको आत्मरक्षा बलको भूमिकालाई शान्तिपूर्णरूपमा अझ मजबुत बनाउन चाहान्छन् । जापानले आफ्नो माटोमा आणविक हतियार निषेध गर्ने नीतिमा पुनर्विचार गर्नुपर्दछ कि हुँदैन भन्ने कुरामा उनी मध्यम धारको धारणा राख्ने व्यक्ति हो । 

उनले पनि लामो समयसम्म मन्त्री परिषद्मा काम गरेको अनुभव छ । आबेको सफलतामा जनसमर्थन त प्रमुख थियो नै उनका मन्त्रीहरूको पनि उत्तिकै अहम् भूमिका रहेको थियो । कुनै समय एलडीपीकबाट अलग भएका इशिबा दलकै सांसदहरूबीच कमै लोकप्रिय मानिन्छन् । उनी सन् २०१८ मा एलडीपीको तर्फबाट सरकारको नेतृत्वका लागि भएको निर्वाचनमा भारी मतले आवेसँग पराजित भएका थिए । इशिबाले कुनै समय दल परित्याग गरेको भएपनि एलडीपीले उनको क्षमताको मूल्याङ्कन गर्दै महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

योशिहिदे सुगा

आबेको पहिलो कार्यकालपछि विश्वाशिलो सल्लाहकारको रूपमा राष्ट्रिय प्रतिष्ठा कमाएका ७१ वर्षीय योशिहिदे सुगा प्रधानमन्त्रीका अर्का बलिया दावेदार मान्न सकिन्छ । सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्केपछि उनले सुगालाई मन्त्रीपरिषद्को मुख्य सचिव नियुक्त गरेका थिए । जापानमा मन्त्रीपरिषद्को मुख्य सचिवलाई एक शक्तिशाली पद मानिन्छ ।

मुख्य सचिवले सरकारी मन्त्रालयहरू र सत्तापक्षको प्रयासलाई समन्वय गराउने गर्छ ।  उनी प्रायः सरकारको अनुहार पनि थिए । नियमित पत्रकार भेटमा सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्न तथा नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने रेवा युगको घोषणा गर्ने कामको नेतृत्व आवेले सुगालाई नै दिएका थिए । 

वंश राजनीतिको पृष्टभूमिबाट आएका नेता र पूर्व टेक्नोक्र्याटहरूले भरिएको सत्ताधारी पार्टीमा उनी किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता हुन् । सुगा आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिरेका थिए, जहाँ उनले रात्रिकालिन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै अध्ययन पूरा गरेका थिए । उनी सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित बनेका थिए भने सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित भएका थिए । 

फुमिओ किशिदा

अहिले सत्तारुढ पार्टीको नीति प्रमुखको रूपमा काम गर्नुहुने पूर्व विदेशमन्त्री फुमिओ किशिदा प्रधानमन्त्रीका अर्का दावेदार हुन् ।  उनलाई प्रायः आबेको मनपर्ने नेता तथा प्रवल उत्तराधिकारीका रूपमा हेर्ने गरिएको छ ।  तर उनको नरम बोली र करिश्माको अभाव उत्तराधिकारीको सम्भावित अवरोधका रूपमा आउनसक्ने बताइन्छ ।  किशिदाको पहलमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामालाई प्रथम विश्वयुद्धका समय अमेरिकाद्वारा खसालिएको अणुवमका कारण ध्वस्त भएको शहर हिरोसिमामा ल्याउने साहसी तथा नवीन कार्यका लागि ख्याति कमाएका छन् ।

त्यस पहिले अमेरिकी राष्ट्रपतिका हैसियतमा कसैले पनि हिरोसिमामा पाइला हालेको थिएन । उनकै समन्वयमा जापान र दक्षिण कोरियाबीच सन् २०१५ मा भएको राजनीतिक सम्झौता भएको मानिन्छ । उनी हिरोसिमाबाट निर्वाचित प्रतिनिधि हुन् । सम्झौताको उद्देश्य जापानको कब्जाको क्रममा यौन दासहरुको प्रयोगलाई लिएर ती मुलुकहरुबीचको लामो समयदेखि चलिरहेको विवाद समाप्त गर्नु हो ।

तारो कोनो

रक्षामन्त्री तारो कोनो कुनै समय महत्वाकांक्षी र स्वतन्त्र विचारधारा भएका राजनीतिक सुधारक मानिन्थ्यो । तर ५७ वर्षीय नेता कोनो हालका वर्षहरूमा आबेको मन्त्रिपरिषद्को एक महत्वपूर्ण सदस्यको रूपमा आफ्नो विचारलाई त्यागेको पाइन्छ ।  कुनै समय बेलायत अधिनस्थ रहेको जर्जटाउनमा आफ्नो उच्च शिक्षा हाँसिल गरेका कोनो रक्षामन्त्री हुनुअघि सरकारमा सुधारको पक्षमा वकालत गर्ने मन्त्रीको रूपमा चिनिन्छ ।  उनले जापानको शीर्ष कूटनीतिज्ञको रूपमा विभिन्न देश र उच्च अधिकारीसँग व्यक्तिगतसम्बन्ध जोड्ने मौका पनि पाएका छन् । यस पहिले सन् २०१७ देखि सन् २०१९ सम्म विदेश मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनको दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि समन्वयकारी भूमिका रहेको मानिन्छ । 

हालका वर्षहरूमा उनले सरकारको आधिकारिक समर्थन दिएर आणविक शक्तिसँगको आफ्नो उत्कट विरोधको बारेमा छलफल गर्न धेरै हदसम्म रोकेका छन् र आफ्नो स्वतन्त्र छविको बाबजुद उनी एसो र सुगा दुबैको विश्वास जित्न सफल मानिन्छन् ।  कोनोले जापानी र अंग्रेजीमा व्यक्तिगत ‘ट्विटर अकाउन्ट’हरू सञ्चालन गरी सामाजिक सञ्जालमा राम्रो उपस्थितिबाट आफूलाई अन्य नेताभन्दा नागरिकसँग बढी साक्षात्कार गराई भिन्न देखाउने प्रयास गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप