‘कमेडी च्याम्पियन सिजन २’को अडिसन सुरु
सोमबार, १५ भदौ २०७७, १२ : ०७
काठमाडौं – ‘कमेडी च्याम्पियन सिजन २’को अडिसन सुरु भएको छ । कोरोना महामारीका कारण आयोजकले यस पटक डिजिटल अडिसन खुल्ला गरेको हो । अडिसन आगामि असोज १४ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा सहभागीताका लागि प्रतियोगीले कमेडी च्याम्पियनको एपमा गई बढीमा ४ मिनेट ५९ सेकेन्डसम्मको भिडियो अपलोग गर्नु पर्ने हुन्छ । यसरी अपलोड भएको भिडियो मध्येबाट कमेडी च्याम्पियनले उत्कृष्ट छानेर रियालिटी सोमा भाग लिने अवसर दिने आयोजकले जनाएको छ ।
कार्यक्रममा यो पटक पनि निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै रहेका छन् ।
होष्टको जिम्मा अभिनेत्री रीमा विश्वकर्माले नै पाएकी छन् । कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए । यो पटकबाट कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल