सिटिइभिटीको तालिम खारेज गरिएकोमा नेविसंघको आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी विषयहरु खारेज गरिएकोमा आपत्ति जनाएको छ । भावी योजना र विकल्पसमेत नदिई विगत २५ वर्षदेखि सन्चालित सीएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद, टी–एसएलसी र एसईई स्तरका १८ महिने तालिमहरु बन्द गरिएको भन्दै नेविसंघले आपत्ति जनाएको हो ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानादारा सोमबार जारी विज्ञप्तिमा ‘हाल कोभिड–१९ विरुद्धको लडाइँमा फ्रन्टलाइनरको रुपमा कार्यरत सीएमए, अनमी, ल्याब असिस्टेन्टहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार विद्यार्थीहरुलाई समेत आतंकित बनाउँदै कुनै खाका र योजनाविना नै किन बन्द गरियो ?’ भन्ने प्रश्न उठाइएको छ ।
यो निर्णयले नयाँ शैक्षिक सत्र र भर्ना तथा पठनपाठनको सम्पूर्ण तैयारी भैसकेको अवस्थामा विद्यार्थी, अभिभावक र शिक्षण संस्थामाथि ठूलो नकारात्मक असर पारेको नेविसंघको ठहर छ । यो निर्णय सरकारको गलत मनसायबाट भएको विज्ञप्तिमा उल्लेख छ । नेविसंघका अध्यक्ष ढुंगानाले भने, ‘पूर्वाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सिपमूलक तालिमहरु बन्द गराउने तर लेभल–१, लेभल–२ जस्ता तालिमहरुमार्फत् शुल्क असुल्ने क्रियाकलाप खराब नियत र मनसायबाट ग्रसित छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण