आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रेलमार्गको ठेक्का प्रक्रियाको छानविन गर्न काँग्रेस नेता पौडेलको माग

बुधबार, १७ भदौ २०७७, १६ : ५७
बुधबार, १७ भदौ २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा इनरुवा रेलमार्गको प्रक्रिया तत्काल रोकेर छानविन गर्न माग गरेका छन् । पौडेलले बुधबार विज्ञप्ति निकाल्दै तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न संसदको लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । 

पौडेलले निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको जिम्मा  दिने सरकारको भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको स्पष्ट भएको समेत विज्ञप्तिमा उल्लेख छ ।   उनले आवश्यक गृहकार्य र तयारी बिना ठेक्कापट्टाको हतारो गर्नुले समेत भ्रष्टचार भएको स्पष्ट हुने बताए । 

रेलमार्ग निर्माण परियोजनाका लागि  निर्माण स्थलको धरातल तय नभइ सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली विपरीत खुला प्रतिष्पर्धा नगराई केहि निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरि ठेक्का दिनु अनुचित भएको पौडेलको तर्क छ ।

पौडेलले निश्चित ठेकेदारलाई फाइदा पुग्ने गरि राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्न अनुचित भएको बताए ।  रेलमार्गमा पर्ने बजार क्षेत्रको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपयोग गरेको जग्गाको मुअब्जा वितरण समेत नगरि निर्माणको ठेक्का लगाउनु सर्वथा गलत भएको नेता पौडेलको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप