धितोपत्र बोर्डले अनलाइनबाटै शेयर बजारबारे पढाउने, कसरी हुने सहभागी ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनलाइन कक्षा सञ्चालन सुरु गरेको छ । धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी जानकारी दिने उद्देश्यले पाक्षिक रुपमा सञ्चालन गर्दै आएको सो कार्यक्रम शुक्रबारदेखि अनलाइनमार्फत् सुरु गर्न लागेको हो ।
बोर्डले आधारभूत तहको पाठ्यक्रममा आधारित भई शेयर बजार, समग्र धितोपत्र बजार र वस्तु विनिमय बजारको सम्बन्धमा वेभिनारमार्फत् प्रशिक्षण सञ्चालन हुने जनाएको छ । बोर्डले पहिलो र तेस्रो हप्ताको शुक्रबार मध्यान्ह १२ बजेदेखि २ बजेसम्म यस्तो कक्षा सञ्चालन गर्ने तयारी गरेकोमा शुक्रबार १२ बजे नियमित रुपमा सो प्रशिक्षण कार्यक्रम आयोजना हुनेछ । सो प्रशिक्षणको संयोजन बोर्डका उप कार्यकारी निर्देशक नवराज अधिकारीले गर्नेछन् ।
कार्यक्रममा बोर्डका .तर्फबाट निर्देशक मुक्तिनाथ सुवेदी, सीडीएस एण्ड क्लियरिङका तर्फबाट सहायक प्रवन्धक सुरेश न्यौपाने र धितोपत्र बजारसम्बनधी विज्ञ कृष्ण गिरीले प्रस्तुति दिनेछन् । सो प्रशिक्षण वेभिनारका साथै आफ्नै फेसबुक पेजबाट समेत हेर्न सकिने बोर्डले जनाएको छ । यसअघि बोर्डले विभिन्न कार्यक्रम गर्दै आएकोमा कोरोनाभाइरसका कारण बाहिर कार्यक्रम गर्ने वातावरण नभएपछि भर्चुअल माध्यमबाट प्रशिक्षण जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण