श्रीमान्लाई भीरबाट फालेर गाउँमा बेपत्ता भएको बिलौना
रुकुममा एक महिला आफ्नो श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बफीकोट गाउँपालिका–१० की २६ वर्षीया अन्जना पुन बुढा रहेकी छिन् ।
बुढाले गत भदौ १० गते राति घरमै ३६ वर्षीय श्रीमान् भीमबहादुर बुढालाई लाठीले निर्घात कुटपीट गरेर हत्या गरी शवलाई डोकोमा बोकेर भीरबाट फालेको स्वीकार गरेकी छन् ।
केही दिन अघि श्रीमान् बेपत्ता भएको भन्दै उनी गाउँ गुहार्न पुगेकी थिइन् । गाउँवासी मिलेर खोज तलासमा लागेपनि तीन दिनसम्म भीमबहादुरको शव भेटिएन । चौथो दिन दिउँसो घरदेखि २ सय मिटर दूरीमा पर्ने भीर तल सडेगलेको अवस्थामा भीमबहादुरको शव फेला परेको थियो ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसी भन्छन्, ‘पति बियोगको पीडा देखाएकी महिलामाथि सुरुमा शंका गर्न पनि सकिएन । दोश्रो दिनदेखि त्यस घरको खानतलासी सुरु गरियो । घरमा लिपपोत र श्रीमान सुत्ने गरेको खाट अन्यत्र सारेको पाइयो ।’ प्रहरीले त्यसपछि उनलाई शंकाको घेरामा राखेर सोधपुछ गर्दा उनले आफूले हत्या गरी डोकोमा बोकेर भीरमा लगेर फालेको स्वीकार गरेको केसीले जानकारी दिए ।
प्रहरीका अनुसार त्यस दिन राति श्रीमान मदिराले मातेर आएको र आफ्नो चरित्रमाथि प्रश्न उठाएपछि आवेसमा आएर हत्या गरेको बयान दिएकी छन् । उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण