खतिवडाको बहिर्गमनले सुधारिएन शेयर बजार
काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पुँजी बजार विकासको बाधकको रुपमा निरन्तर चित्रित गरियो । उनको बहिर्गमनको चर्चा बाहिर ल्याउँदै बजारलाई माथि पटक–पटक उचाल्ने काम समेत गरियो । यस्तो चर्चा थियो कि खतिवडा बहिर्गमन भए भने बजारले कम्तीमा पनि ऐतिहासिक विन्दु छुन्छ । तर, खतिवडाको बहिर्गमन भएपछिको पहिलो दिन आइतबार भने शेयर बजारले झनै नकारात्मक बाटो समातेको छ ।
आइतबार समग्र बजार परिसूचक (नेप्से) १०.४५ अंकले घटेको छ । बिहीबार १ हजार ५ सय १० को विन्दुमा बन्द भएको परिसूचक शुक्रबार १ हजा ४ सय ९९ विन्दुमा झरेको हो । बिहीबार बजार बन्द हुनुअघि खतिवडाको निरन्तरता वा बहिर्गमनबारेको अन्यौलता कायमै थियो ।
आइतबारको बजारमा २ अर्ब ७८ करोड रुपैंया बराबरको शेयर कारोबार भएको छ । यो दिन करिब ७० लाख कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । आइतबार बजारसँग सम्बन्धित सबै सूचक र व्यापारमूलक र सामूहिक लगानी कोष उपसमूह बाहेक अरु सबै उपसूचक समेत घटेका छन् ।
गिरावटकै बीचमा पनि उन्नति लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, राधी हाइड्रोपावर र युनिभर्सल पाव।को शेयर भने ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ? एननआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण