काँग्रेस महामन्त्री कोइरालाको कोरोना आशंकामा पुन: परीक्षण, रिपोर्ट आउन बाँकी
मङ्गलबार, २३ भदौ २०७७, १५ : ५९

काठमाडौं । कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमणको आशंकामा पुनः स्वाब परीक्षण गरिएको छ । कोइरालालाई सोमबार ९९.८ जरो ज्वरो समेत आएको उनको सचिवालयले जनाएको छ ।
सोमबार ह्याम्स अस्पतालले गरेको स्वाव परीक्षणमा रिपोर्ट बोर्डर लाइनमा देखिएपछि पुनः स्वाव संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनले महामन्त्री कोइरालाको रिपोर्ट शंकास्पद आएपछि आफुसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत स्वाव परीक्षणका लागि लगिएको बताए ।
तिवारीले महामन्त्री कोइरालाको रिपोर्ट आउनेवित्तिकै सार्वजनिक गर्ने समेत बताए । ‘केहीबेरमा रिपोर्ट फाइनल रिपोर्ट आउछहोला । रिपोर्ट आएपछि डा.सावकै ट्वीटरबाट सार्वजनिक हुन्छ’, तिवारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता