काँग्रेस महामन्त्री कोइरालाको कोरोना आशंकामा पुन: परीक्षण, रिपोर्ट आउन बाँकी
मङ्गलबार, २३ भदौ २०७७, १५ : ५९
काठमाडौं । कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमणको आशंकामा पुनः स्वाब परीक्षण गरिएको छ । कोइरालालाई सोमबार ९९.८ जरो ज्वरो समेत आएको उनको सचिवालयले जनाएको छ ।
सोमबार ह्याम्स अस्पतालले गरेको स्वाव परीक्षणमा रिपोर्ट बोर्डर लाइनमा देखिएपछि पुनः स्वाव संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनले महामन्त्री कोइरालाको रिपोर्ट शंकास्पद आएपछि आफुसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत स्वाव परीक्षणका लागि लगिएको बताए ।
तिवारीले महामन्त्री कोइरालाको रिपोर्ट आउनेवित्तिकै सार्वजनिक गर्ने समेत बताए । ‘केहीबेरमा रिपोर्ट फाइनल रिपोर्ट आउछहोला । रिपोर्ट आएपछि डा.सावकै ट्वीटरबाट सार्वजनिक हुन्छ’, तिवारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण