बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय र चिनियाँ विदेशमन्त्रीबीच रुसमा भेटवार्ता हुँदै

बिहीबार, २५ भदौ २०७७, १५ : ४३
बिहीबार, २५ भदौ २०७७

मस्को । भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग रुसमा भेटवार्ता गर्ने भएका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को विदेशमन्त्रीहरुको बैठकका क्रममा उनीहरुबीच भेटवार्ता हुन लागेको हो । 

रुसको राजधानी मस्कोमा बिहीबार उनीहरुबीच भेटवार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  भारत र चीनका बीचमा सीमा विवाद चर्किदै गइरहेका बेला ती देशका विदेश मन्त्रीहरुका बीचमा हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

भारतका र चीनको सिमानामा पर्ने लद्दाखका केही ठाउँमा भिडन्त समेत भएका समाचारहरु आएका थिए । गत शुक्रबार पनि भारतीय रक्षा मन्त्री राजनाथ सिंह र चिनियाँ रक्षा मन्त्री जनरल वाई फेङ्गबीच मस्कोमै भेटवार्ता भएको थियो । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप