आगामी ३ दिन वर्षाको सम्भावना
शुक्रबार, २६ भदौ २०७७, १५ : २१
काठमाडौं । आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताइन् ।
“प्रदेश न १ र २ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ”, मौसमविद् पोखरेलले भनिन् । वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुनेछ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण