केन्द्रीय संस्करण
रामराजा प्रसाद सिंहको आठौँ स्मृति दिवस

राजनीतिक षड्यन्त्र र भारतको दबाबको शिकार बनेका रामराजा

प्रथम गणतन्त्रवादी नेतालाई राष्ट्रपति हुनबाट रोक्न यसरी भएको थियो चलखेल

person explore access_timeभदौ २७, २०७७ chat_bubble_outline1
photo : sina.com

काठमाडौं । गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई संसदीय राजनीतिक चलखेलले प्रथम राष्ट्रपति हुनबाट बञ्चित गराएको दिनलाई नेपालको इतिहासमै ‘ऐतिहासिक भूल’को रुपमा स्मरण गरिन्छ । देशमा गणतन्त्रको चर्चा गर्दा राजराजा प्रसाद सिंहलाई बिर्सन सकिँदैन । किनकि उनी देशका प्रथम गणतन्त्रवादी नेता हुन् । तर बिडम्बना, उनलाई नै देशको पहिलो राष्ट्रपति हुनबाट बन्चित गराइयो ।

उनको निकट रहेर काम गरेका व्यक्तिहरु भन्छन्– सधै निस्वार्थ भावले राजनीतिमा सक्रिय रहेका रामराजा प्रसाद सिंह राष्ट्रिय, अन्तराष्ट्रिय राजनीतिक षड्यन्त्रको शिकार भए र देशको राष्ट्रपति हुनबाट वञ्चित भए ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति निर्वाचनमा रामराजा प्रसाद सिंहलाई तत्कालिन नेकपा माओवादीले उम्मेदवार बनाएको थियो । अर्कोतिर नेपाली काँग्रेसले रामवरण यादवलाई उम्मेदवार बनाएको थियो । तर राष्ट्रपति कसलाई बनाउने भन्ने निर्णायक भूमिका तत्कालीन मधेशी जनअधिकार फोरम नेपालसँग थियो । त्यतिबेलाको चौथो राजनीतिक शक्तिका रुपमा उदाएको फोरम नेपालको मत जता जान्थ्यो, त्यो नै शाक्तिशाली हुन्थ्यो । तर फोरमका मुख्य नेता उपेन्द्र यादवले आफ्नो आदर्श मानेका रामराजा प्रसाद सिंहलाई राष्ट्रपति बन्न सघाएनन् । जबकि, उपेन्द्र यादवको राजनीतिक जीवनमा रामराजा प्रसाद सिंहको ठूलो योगदान छ ।

उपेन्द्र यादव दिल्लीमा अर्धभूमिगत जीवन बिताइरहँदा रामराजा प्रसाद सिंहले नै उनलाई त्यहाँका नेता, कर्मचारी वृत्त लगायत विभिन्न अधिकारीसँग चिनजान गराएका थिए । माओवादी भएको आरोपमा उपेन्द्र यादव दिल्लीमा पक्राउ पर्दा रामराजा प्रसाद सिंहले नै उनलाई रिहा गराउन भूमिका निर्वाह गरेका थिए । त्यतिमात्र होइन, सुरुवाती दिनमा सामाजिक संस्थाका रुपमा रहेको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको पहिलो महाधिवेशन विराटनगरमा हुँदा त्यसको प्रमुख अतिथि उनै रामराजा प्रसाद सिंह थिए ।

रामराजा प्रसाद सिंहको साथमा लामो समयसम्म काम गरेका विन्देश्वर गोइतले भने, ‘रामराजा बाबु राष्ट्रपतिमा चुनाव हार्नुमा उपेन्द्रजीको मात्र गल्ती होइन, यसमा अन्तर्राष्ट्रिय शक्तिको ठूलो चलखेलका कारण चुनाव हार्नुभयो । उपेन्द्रजीमाथि भारतको यस्तो ठूलो दबाब आयो कि त्यसलाई उहाँले थेग्न सक्नु भएन र अन्ततः उहाँले काँग्रसलाई समर्थन गर्नुभयो ।’

यसका बाबजुद उपेन्द्र यादवले रामराजा प्रसाद सिंहलाई राष्ट्रपति बन्नबाट रोक्न भूमिका निर्वाह गरे । त्यतिबेला उपेन्द्र यादवले चाहेको भए, देशकै पहिलो गणतान्त्रिक नेताले पहिलो राष्ट्रपति हुने सौभाग्य पनि प्राप्त गर्दथे । आफ्नो राजनीतिक जीवनमा कहिल्यै हार नमानेका रामराजाप्रसाद सिंह अन्ततः जीवनको उत्तराद्र्धमा राजनीतिक षड्यन्त्रको शिकार भए ।

रामराजा प्रसाद सिंहलाई राष्ट्रपति नबनाएकोमा उपेन्द्र यादवले पनि गल्ती महसुस गरेका छन् । त्यो बेलाको राजनीतिक अवस्था नै त्यस्तै भएका कारण आफूले त्यतिबेला रामराजा प्रसाद सिंहलाई साथ दिन नसकेको उनको भनाइ थियो ।

प्रचण्ड र उपेन्द्रको सहमति

रामराजा प्रसाद सिंह राष्ट्रपति बन्ने कुरा निश्चित थियो । उनलाई तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले मात्र होइन, तत्कालीन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि राष्ट्रपति बनाउने आश्वासन दिइसकेका थिए । रामराजालाई माओवादीको तर्फबाट राष्ट्रपति बनाउनुपर्छ भनि तत्कालीन माओवादीका नेता मातृका यादवले प्रचण्डलाई कन्भिन्स गरेका थिए । प्रचण्डलाई कन्भिन्स गर्नुभन्दा पहिले मातृका यादव र उपेन्द्र यादवको बीचमा सम्झदारी भएको थियो ।

तर जब राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलहरु शुरु भयो अनि रामराजा प्रसाद सिंह कोर्टभन्दा बाहिर हुन थाले । दुई दिन अघिसम्म राष्ट्रपति हुने निश्चित भएका व्यक्ति एकाएक ओझेलमा पर्न थाले ।

तत्कालिन फोरम नेपालका नेता जेपी गुप्ताले भने, ‘रामराजा प्रसाद सिंहलाई नै राष्ट्रपति बनाउनुपर्छ भनि प्रचण्ड र उपेन्द्र यादवबीच भएको सहमतिको साक्षी म पनि हुँ । म त्यो वार्तामा सहभागी थिएँ । नयाँ राजनीतिक शक्ति नै मिलेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख राख्नुपर्छ भन्ने प्रचण्डको प्रस्ताव थियो । त्यसमा रामराजा प्रसाद सिंह माओवादीको समर्थनमा उम्मेदवार बन्ने र उपराष्ट्रपति कुनै स्वतन्त्र व्यक्तिलाई दिने अनि, सभामुख फोरमले लिने सहमति भएको थियो । त्यसमा उपेन्द्र यादव पनि सहमत हुनुभएको थियो ।’

तर जब राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलहरु शुरु भयो अनि रामराजा प्रसाद सिंह कोर्टभन्दा बाहिर हुन थाले । दुई दिन अघिसम्म राष्ट्रपति हुने निश्चित भएका व्यक्ति एकाएक ओझेलमा पर्न थाले ।

चुनावको दिन अर्थात २०६५ साउन ६ गते काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेस नेता रामचन्द्र पौडेल, तत्कालीन एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल, तत्कालीन फोरमको तर्फबाट उपेन्द्र यादव, शरतसिंह भण्डारी र विजयकुमार गच्छदारको बैठक बसेको थियो । सो बैठकमा फोरम नेपालले डा.रामवरण यादवलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जुटाइयो र विज्ञप्ति जारी भयो । तत्कालै तत्कालीन तमलोपाका नेता हृदयश त्रिपाठीले विरोध गरे भने फोरम नेपालमा पनि खुलेर त्यसको विरोध भएको थियो ।

फोरम नेपालमा पनि सहमतिका स्वरहरु उठ्न थाल्यो तर उपेन्द्र यादवले त्यसको बेवास्ता गर्दै अगाडि बढेको जेपी गुप्ता बताउँछन् । बाध्य भएर पार्टीको निर्णय विपरित आफूहरुलाई जानु परेको उनले स्मरण गरे ।

गुप्ताले भने, ‘मैले फोरम संसदीय दलको बैठकमा नोट अफ डिसेन्ट लेखेँ– उपेन्द्र यादवजीले गलत निर्णय गर्नु भयो । यस घटनाले मधेसी जन अधिकार फोरम, नेपाल आफ्ना एक संस्थापक, मुलुककै पहिलो गणतन्त्रवादी नेताप्रति घात गरेको छ । मतदानका लागि ह्वीप जारी गरिनु हुँदैन ।’

के भयो चुनावमा ? 

पहिलो चरणको चुनावमा कसैले बहुमत नल्याएपछि साउन ६ गते दोस्रो चरणको चुनाव भएको थियो, जसमा डा.रामवरण यादव विजयी भए । तत्कालीप्न फोरम नेपाल, नेपाली काँग्रेस र एमालेका साझा उम्मेदवार थिए डा.रामवरण यादव । तैपनि पहिलो चरणमा जित्न नसकी दोस्रो चरणको चुनावमा जानु परेको थियो ।

२०६५ साउन ४ गते भएको चुनावमा काँग्रेसका उम्मेदवार डा.रामवरण यादवले २८३ मत र तत्कालीन माओवादीका उम्मेदवार रामराजाप्रसाद सिंहले २७० मत पाएका थिए भने २४ मत बदर भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नेकपा एकीकृतले त्यतिबेलाको चुनाव नै बहिष्कार गरेका थिए ।

रामराजा प्रसाद सिंह यति पपुलर थिए कि तत्कालीन फोरम नेपालका सांसदहरु पनि डा.रामवरण यादवको पक्षमा थिएनन् । जेपी गुप्ता, विजयकुमार गच्छदार, अभिषेक प्रताप शाह, नन्दन दत्तलगायत १७ जना फोरम नेपालका सांसदले रामराजा प्रसाद सिंहलाई मतदान गरेका थिए । त्यतिबेला फोरम नेपाल संसदीय दलको ह्वीप पनि थियो तर त्यो ‘फ्लोर क्रस’ गरेरै उनीहरुले रामराजा प्रसाद सिंहको पक्षमा मतदान गरेका थिए ।

तर अच्चम, दोस्रो पटक भएको चुनावमा न मत बदर भयो, न कसैले चुनाव बहिष्कार गरे । डा.रामवरण यादवले ३०८ मत पाएका थिए भने रामराजाप्रसाद सिंहले २८२ मत पाए । मात्र २६ मतको फरकले डा.रामवरण यादव राष्ट्रपति बनेका थिए । तीन दलको गठनबन्धन हुँदा पनि पहिलो पटकको चुनावमा आएको मत र दोस्रो पटकको चुनावमा आएको मतले नै रामराजा प्रसाद सिंहमाथि कस्तो षड्यन्त्र भएको थियो भन्ने पुष्टि हुन्छ । जबकि, उपराष्ट्रपतिमा फोरमका उम्मेदवार परमानन्द झा पहिलो चरणको चुनावमै विजयी भएका थिए ।

फोरम सांसदको क्रस भोट

रामराजा प्रसाद सिंह यति पपुलर थिए कि तत्कालीन फोरम नेपालका सांसदहरु पनि डा.रामवरण यादवको पक्षमा थिएनन् । जेपी गुप्ता, विजयकुमार गच्छदार, अभिषेक प्रताप शाह, नन्दन दत्तलगायत १७ जना फोरम नेपालका सांसदले रामराजा प्रसाद सिंहलाई मतदान गरेका थिए । त्यतिबेला फोरम नेपाल संसदीय दलको ह्वीप पनि थियो तर त्यो ‘फ्लोर क्रस’ गरेरै उनीहरुले रामराजा प्रसाद सिंहको पक्षमा मतदान गरेका थिए । तैपनि उनले जित हासिल गर्न भने सकेनन् । गुप्ता भन्छन्, ‘रामराजा प्रसाद सिंह हारे पनि त्यतिबेला यसरी मतदान गर्नमा हामीलाई गर्व लागेको थियो, रामराजा प्रसाद सिंहको राजनीतिक जीवन, फोरमका लागि योगदानलाई स्मरण गर्दै हामीले मतदान गरेका थियौं ।’

गणतन्त्रको पहिलो राष्ट्रपति हुन नपाएकोमा रामराजा प्रसाद सिंहलाई गहिरो चोट लागेको थियो । राष्ट्रपतिको चुनावपछि उनी गम्भीर बिरामी भए । र, तीन वर्षपछि उनको निधन भयो । आज उनको आठौं स्मृति दिवस मनाइँदैछ ।

भारतको दबाब

रामराजा प्रसाद सिंहको साथमा लामो समयसम्म काम गरेका विन्देश्वर गोइतले भने, ‘रामराजा बाबु राष्ट्रपतिमा चुनाव हार्नुमा उपेन्द्रजीको मात्र गल्ती होइन, यसमा अन्तर्राष्ट्रिय शक्तिको ठूलो चलखेलका कारण चुनाव हार्नुभयो । उपेन्द्रजीमाथि भारतको यस्तो ठूलो दबाब आयो कि त्यसलाई उहाँले थेग्न सक्नु भएन र अन्ततः उहाँले काँग्रसलाई समर्थन गर्नुभयो ।’

भनिन्छ, उपेन्द्र यादवले तीनटा कारणले काँग्रेसलाई समर्थन गरेका थिए । पहिलो– जातीयता, दोस्रो हो, उपराष्ट्रपति पद र तेस्रो कारण हो– भारतको स्वार्थ ।

उपेन्द्र यादवले तराई मधेशका यादव समुदायलाई आकर्षित गर्नका लागि डा.रामवरण यादवलाई समर्थन गरेको आरोप लगाउनेहरु प्रशस्त छन् । त्यस्तै, उनले राष्ट्रपतिमा सघाएपछि उपराष्ट्रपति पद आफ्नो पार्टीलाई चाहिन्छ भन्ने शर्त राखे । यो माग उनले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डसँग पनि राखेका थिए । तर प्रचण्डले रामराजा प्रसाद सिंह मधेशी समुदायबाटै भएकाले उपराष्ट्रपति पदमा भने पहाडी समुदायबाट प्रतिनिधित्व होस् भनि शान्ता श्रेष्ठलाई उम्मेदवार बनाएका थिए । प्रचण्डको कुरामा उपेन्द्र यादव कन्भिन्स भएनन् ।

उपेन्द्र यादवको डिमाण्ड काँग्रेसले पुरा ग-यो । काँग्रेस र एमालेले पनि तत्कालीन फोरमका उम्मेदवार परमानन्द झालाई उपराष्ट्रपतिमा सघाउने भएपछि फोरमले राष्ट्रपतिमा डा.रामवरण यादवलाई सघायो ।

‘माओवादीसँग समीकरण बनाएको फोरम नेपालले भारतीय राजदूतावासको पहलमा क्षणभरमै यो समीकरण बदलिएको थियो । मतदान हुनुभन्दा २–३ घण्टा पहिले नेपाली कांग्रेस, एमाले र फोरमको संयुक्त बैठक बस्यो । रामचन्द्र पौडेल, झलनाथ खनाल र उपेन्द्र यादवले हातमा हात मिलाएर, तीनै जना हात उचालेर जितको आभाष दिदैं फोटो खिचाए । र, रामराजा प्रसाद सिंह राष्ट्रपति बन्न सक्नु भएन ।’

अर्कोे कारणमा भारतको दबाब नै थियो । भारत रामराजा प्रसाद सिंहको पक्षमा भए पनि प्रचण्डको पक्षमा थिएन । त्यसैले रामराजा प्रसाद सिंहप्रति सद्भाव रहँदा रहँदै पनि भारतले उनी माओवादीको उम्मेदवार भएकै कारण समर्थन गर्न सकेन । परिणामस्वरुप भारतले नेपालमा रहेका आफ्ना सहयोगी राजनीतिक शक्तिलाई ध्रुवीकृत गराएर माओवादी उम्मेदवारलाई पराजित गराउने भूमिका निर्वाह ग¥यो, जसका कारण उपेन्द्र यादव पनि रामराजा प्रसाद सिंहको विपक्षी कित्तामा उभिन बाध्य भए ।

रामराजा प्रसाद सिंह राष्ट्रपति हुनु भनेको माओवादीको राष्ट्रपति हुनु हो भन्ने भारतको बुझाइ थियो । र कुनै पनि हालतमा माओवादीको उम्मेदवारलाई राष्ट्रपतिमा जित्न दिनु हुँदैन भनि भारतले सारा शक्ति लगाएको कुरा आफूले तत्कालीन फोरम नेपालकै नेताहरुबाट थाहा पाएको विन्देश्वर गोइतले बताए ।

यही तर्कमा बल गर्दै गुप्ता पनि भन्छन्, ‘माओवादीसँग समीकरण बनाएको फोरम नेपालले भारतीय राजदूतावासको पहलमा क्षणभरमै यो समीकरण बदलिएको थियो । मतदान हुनुभन्दा २–३ घण्टा पहिले नेपाली कांग्रेस, एमाले र फोरमको संयुक्त बैठक बस्यो । रामचन्द्र पौडेल, झलनाथ खनाल र उपेन्द्र यादवले हातमा हात मिलाएर, तीनै जना हात उचालेर जितको आभाष दिदैं फोटो खिचाए । र, रामराजा प्रसाद सिंह राष्ट्रपति बन्न सक्नु भएन ।’

विन्देश्वर गोइतले प्रथम गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति नबनाएर त्यतिबेलाका राजनीतिक दलबाट ठूलो भूल भएको टिप्पणी गरे ।

गणतन्त्रका लागि संघर्ष

गणतन्त्रप्रति रामराजाप्रसाद सिंहको तुलनामा नेपालका कुनै पनि नेता समर्पित नरहेको उनको क्रियाकलाप, अडान र व्यवहारबाट प्रष्ट बुझिन्छ । उनले सन् १९५६ मै नेपालमा गणतन्त्र चाहिन्छ भनि भारतीय अखबार ‘टाइम्स अफ इण्डिया’मा लेख लेखेका थिए । उनले नेपालका लागि राजा अभिषाप हो, देशमा गणतन्त्र नै हुनुपर्छ भनि सो लेखमा तर्क गरेका थिए । उनले गणतन्त्रकै लागि आफ्ना सारा सम्पत्ति गुमाए । उनका हजुरबुवासँग १२ सय बिघा जमिन थियो तर रामराजा प्रसाद सिंहले जनवाली क्रान्तिका सिलसिलामा ती सवै गुमाएका थिए ।  

रामराजा नेतृत्वको जनवादी मोर्चाले २०४२ साल असारमा नारायणहिटी, सिंहदरवारलगायत देशका विभिन्न ४२ ठाउँमा बम विस्फोट गराएको थियो ।  उक्त अभियोगमा पञ्चायती राज्य संयन्त्रले उनलाई सर्वश्व हरणसहित मृत्युदण्डकाे फैसला सुनाएको हो । उनी भारत प्रवासमा रहेका कारण मृत्युदण्ड कार्यान्वयन भएन तर सर्वस्वहरण भने भयो ।

उनका साथमा लामो समय काम गरेका तत्कालिन नेपाल जनवादी मोर्चाका संस्थापक उपाध्यक्ष खेमराज मायालुले भने, ‘२०३२ सालमा जेलबाट हामीसँगै छुटेका थियौं र २०३७ सालमा भारतमा भूमिगत भयौँ । लगभग १४ वर्ष भारतमा निर्वासित जीवन बिताएपछि २०५१ सालमा नेपाल फर्केका थियौं ।’

२०४६ सालको जनआन्दोलनले प्रजातन्त्र पुनर्स्थापना गरेपछि गठित कृष्ण प्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले रामराजामाथिको मृत्युदण्ड फिर्ता नलिइदिँदा उनले २०४८ सालको निर्वाचनमा भाग लिन पाएनन् । निर्वाचनपश्चात गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले भने आममाफी दिएको मायालुले बताए । रामराजा प्रसाद सिंहको लक्ष्य जनवादी मोर्चाको माध्यबाटै देशमा गणतन्त्र ल्याउने थियो तर एक त निर्वासनबाट आउन ढिला भयो, आए पनि राजनीतिक गतिविधि गर्न ढिला भएको कारण आन्दोलन अगाडि नबढेको उनले बताए । निर्वासनबाट फर्केपछि प्रायः उनी बिरामी रहे । तैपनि गणतन्त्रका लागि उनी चिन्तित हुन्थे र गणतन्त्रका लागि माहौल बनाउने काममा जतिखेर पनि लागेका हुन्थे ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Sept. 12, 2020, 3:33 p.m. R A YADAV
    castiesm le RAMRAJA BABOO laaie harayo ra rambaran laaie jitayo.feri dubai jana laaie 1 arko sanga compare garna mildaina
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.