‘अमेरिकाको आप्रवासन नीति ठिक छैन’

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय लगानी कम्पनी जेपी मोर्गन चेजका अध्यक्ष तथा सीईओ जेमी डिमोनले अमेरिकाको आप्रवासन सम्बन्धी नीति ठिक नभएको बताएका छन् ।
आप्रवासन योग्यतामा आधारित हुनुपर्नेमा उनले जोड दिए । अमेरिकाले आप्रवासन नीतिहरू राम्ररी लागू नगरेको पनि उनले बताए । पछिल्लो समयमा अमेरिकामा आप्रवासनको मुद्दा चर्किएको छ ।
‘अमेरिका अपरिहार्य छ । यो अपरिहार्य यसकारण छैन कि हामी अरुभन्दा राम्रो छौँ । यो अपरिहार्य यस कारण छ कि हामीसँग संसारको सबैभन्दा राम्रो सेना छ, हामी संसारको सबैभन्दा धनी देश हौँ, संसारको सबैभन्दा राम्रो अर्थतन्त्र हौँ, हामीसँग उत्कृष्ट प्रविधि छ, त्यो प्रविधिको जरा छ, हामीसँग स्वतन्त्रता छ । यी यस्ता कुराहरू हुन् जसले मानिसहरूलाई यहाँसम्म तानेर ल्याउँछ,’ डिमोनले भने ।
अमेरिकाको भूमिका अपरिहार्य भएको र त्यो भूमिका आर्थिक, सैन्य, शिक्षामा आधारित रहेको पनि उनले बताए । यही कुराले गर्दा मानिसहरूलाई यहाँ आउएर बस्न चाहने पनि उनले बताए ।
डिमोनका हजुरबुबा हजुरआमा ग्रीसबाट अमेरिका आएका थिए । आफूसँग अमेरिकाले राम्रो नगरेका नीतिहरूको सूची भएको पनि उनले बताए । उनले भने, ‘हाम्रा मोर्टगेज (धितो) नीतिहरू राम्रो छैनन् ।
हाम्रो आप्रवासन नीति ठिक छैनन् । हामीले सुपथ आवास प्रदान गर्न राम्रो गरिरहेका छैनौँ । युवाहरूलाई राम्रोसँग काम गर्ने सीपहरू सिकाउन हामी सक्षम छैनौँ ।’
अझ अगाडि उनले भनेका छन् । ट्रम्प प्रशासनले आप्रवासीहरू विरुद्ध कडा कारबाही गरिरहेको समयमा डिमोनको यस्तो टिप्पणी आएको छ । ट्रम्पले अवैध रूपमा अमेरिकामा बस्दै आएकाहरूलाई जबरजस्ती समातेर डिपोर्ट गरिरहेका छन् । यसको विरोधमा गत हप्ता लस एन्जलसमा दङ्गा नै भएको थियो ।