भारतमा बेलायती फाइटर जेटको आकस्मिक अवतरण
काठमाडौँ । बेलायती नौसेनाको फाइटर जेट एफ–३५ ले भारतमा आकस्मिक अवतरण गरेको छ । विमानको इन्धन कम भएपछि समुदमा अवस्था अस्थीर भएकोले तिरुवनंतपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ विमानले आकस्मिक अवतरण गरेको थियो ।
विमानको आकस्मिक अवतरणलाई सहज र सुरक्षित बनाउन विमानस्थलका अधिकारीहरूले आपत्कालको घोषणा गरेका थिए । विमान अहिले पनि विमानस्थलमै छ । विमानमा इन्धन भर्ने काम भइसकेको बताइएको छ ।
भारतीय अधिकारीहरूबाट आवश्यक अनुमति पाएपछि विमान पुनः उड्ने बताइएको छ । घटनाबारे अरू धेरै जानकारी आउन बाँकी छ । विमानले शनिबार राति ९ः३० बजेतिर सुरक्षित अवतरण गरेको विमानस्थलका अधिकारीले भनेका छन् ।
विमान बेलायतको क्यारियर स्ट्राइक ग्रुपको सहायक कम्पनी एचएमएस प्रिन्स अफ वेल्सको थियो । यही हप्ता भारतीय जलसेना र बेलायतको क्यारियर स्ट्राइक ग्रुपले पश्चिम अरब सागरमा संयुक्त अभ्यास गरेका थिए ।
तिरुवनंतपुरम केरलामा रहेको चार अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण