भारतमा वर्षे अधिवेशन शुरु, १७ सांसद कोरोना सङ्क्रमित
एजेन्सी । भारतका १७ जना सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । संघीय संसदको वर्षे अधिवेशन शुरु हुनुअघि परीक्षण गरिएको नतिजाअनुसार उनीहरु सङ्क्रमित भएको सोमबार देखिएको हो । सङ्क्रमित भएकाहरुको सूचीमा सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली सांसदहरु मिनाक्षी लेखी, अनन्त कुमार हज्डी र प्रवेश सहिब सिंहलगायत रहेका छन् ।
भारतको संघीय संसदको बर्षे अधिवेशन सोमबारदेखि शुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण यो अधिवेशन ढिलागरी शुरु गरिएको हो । बैठकमा सहभागी हुँदा कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाउन अनिवार्य गरिएको छ ।
स्वास्थ्य निर्देशिका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुनेलगायतका उपायहरु अबलम्बन गर्न लगाइएको छ । त्यसैगरी सांसदहरुको हाजिरी सोमबार पहिलो दिन एउटा एप मार्फत् गरिएको लोक सभा सचिवायले जनाएको छ । कुनै हाजिरी पुस्तिका वा मेसिनमा हाजिर गर्दा कोरोनाको सङ्क्रमण एक अर्कामा सर्न सक्ने भएकाले एपको प्रयोग गरिएको हो ।
लोकसभाका सांसदहरुले प्रयोग गर्नेगरी एटेन्डेन्स रजिष्टर (उपस्थिति दर्ता) नामक एप बनाइएको र पहिलो दिन पनि प्रयोग गरिएको सचिवालयका अधिकारीहरुले बताएका छन् । सो एप राष्ट्रिय सूचना केन्द्रले बनाएको हो । सांसदहरु संसद भवनमा उपस्थित भएपछि सचिवालयको सहयोगमा एप मार्फत् उनीहरुको उपस्थिति दर्ता हुने व्यवस्था गरिएको छ ।
सभामुख ओम बिर्लाले सबै सांसदहरूलाई स्वागत गर्दै अहिलेको विशेष परिस्थितिलाई ख्याल गर्न सबैलाई आह्वान गरेका हुन् । त्यसैगरी कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिनका लागि तय गरिएको निर्देशिका तथा मापदण्डहरु पालना गर्न पनि उनले सवैलाई अपिल गरेका थिए ।
“यो अधिवेशन विषेश परिस्थितिका साथ शुरु गरिएको छ, सुरक्षा सावधानी हामी सवैले अपनाउन आवश्यक छ, सावधानीका साथ अधिवेशनलाई अगाडि बढाइनेछ,” सभामुख बिर्लाले भने । बैठक बुधबार ३ बजे दिउँसो बस्नेगरी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण