गुणस्तर हेरेर मात्रै स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई अपिल
काठमाडौं । औषधी व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । बजारमा मापदण्ड वितरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर समेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न अपिल गरेको हो ।
अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर विक्री वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले अपिल गरे ।
उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र बिक्री वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उनले आग्रह गरे । विभागमा दर्ता भए÷नभएको पत्ता लगाउन फोन गरेर पनि बुझ्न सकिने ढकालले बताए ।
कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग बढेको छ । विभागले मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका स्यानीटाइजर बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । गतहप्ता ५ र हिजो मात्रै थप ४ वटा कम्पनीका सरोकारवालाका नाममा उत्पादन र विक्रि वितरण नगर्न सूचना जारी गरिएको महानिर्देशक ढकालले बताए । मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग गरी उत्पादन गरेको र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उत्पादन नभएको स्यानिटाइजरमाथि प्रतिवन्ध लगाइएको उनले बताए ।
विभागले प्रतिबन्ध लगाएका नेपालमै उत्पादन हुने र विदेशबाट आयात हुने स्यानीटाइजर पनि छन् । विभागले ग्वान्झाउ ओवेपेक्ड फाइन कम्पनी चीन, आर एल इन्डिया गुजरात, सम्पदा हेल्थ केयर ललितपुर र श्रीनाथ हर्बल कस्मेटिक काठमाडौं लगायतका स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण