भोलि देशभरका अदालत बन्द हुने
बुधबार, ३१ भदौ २०७७, १९ : ३२
काठमाडौं । भोलि असोज १ गते देशभरका सबै अदालत बन्द हुने भएका छन् । पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनको शोक मनाउन सर्वोच्च अदालत, सबै उच्च अदालत र जिल्ला अदालतहरु बन्द हुने भएका हुन् । सर्वोच्च अदालतमा आज आकस्मिक रुपमा बसेको पूर्ण बैठकले सो निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली मिश्रले आज एक विज्ञप्ति निकाल्दै सो कुराको जानकारी दिएका छन् ।
२०१३ साल जेठ ८ गते देखि ०१६ साल असार १५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहेका सिंहको हिजो भदौ ३० गते साँझ निधन भएको थियो । सिंह बिक्रम संवत १९७६ साल माघ २० गते सप्तरीमा जन्मिएका थिए । २००३ सालमा बडाहाकिम भएर उनले सरकारी सेवा प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण