कंगनाले भनिन्, ‘जयाजी, तपाईं र तपाईंको इन्डष्ट्रिले कुनै थाल दिएको छैन, दुइ मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि पाइन्छ’
फिल्म इन्डष्ट्रिमा सुशान्त सिंहको मामिलाबाट सुरु भएको विवाद भारतीय संसदसम्म पुगेको छ । र कुरा बलिउडको थालमा प्वाल पार्ने विषयमा भइरहेको छ । सपा सांसद जया बच्चनले राज्यसभामा थालमा प्वाल पारेको बयान दिएका थिए । यसमा कंगना रनौटले बुधबार जवाफ दिएकी छिन् ।
यसैबीच कंगना रनोटले जया बच्चनलाई दिएको जवाफमा स्वरा भास्करले बुधबार नायिकामाथि निशाना साँधेकी छिन् । उनले कंगनालाई ठूलाको इज्जत गर्न भनेकी छिन् ।
कंगनाले भने, ‘कुन थाल दिएको छ जयाजी र उनको इन्डष्ट्रिले ?’
यसअघि कंगनाले ट्वीट गरिन्, ‘जयाजी र उनकी इन्डष्ट्रिले कस्तो थाली दिएको छ ? एक थाल पाएको थिएँ जसमा दुई मिनेटको भूमिका आइटम नम्बर्स र एक रोमान्टिक सीन पाइन्थ्यो त्यो पनि हिरोसँग सुतेपछि । मैले यो इन्डष्ट्रिलाई फेमिनिज्म सिकाएँ । थाललाई देश भक्ति, नारी प्रधान फिल्मबाट सजाएँ । यो मेरो आफ्नो थाल हो, जयाजी तपाईंको होइन ।’
कौन सी थाली दी है जया जी और उनकी इंडस्ट्री ने? एक थाली मिली थी जिसमें दो मिनट के रोल आइटम नम्बर्ज़ और एक रोमांटिक सीन मिलता था वो भी हेरो के साथ सोने के बाद,मैंने इस इंडस्ट्री को फ़ेमिनिज़म सीखाया,थाली देश भक्ति नारीप्रधान फ़िल्मों से सजाई,यह मेरी अपनी थाली है जया जी आपकी नहीं। https://t.co/lPo9X4hRZX
— Kangana Ranaut (@KanganaTeam) September 16, 2020
जयाको बयानमा विवाद बढेपछि महाराष्ट्रको उद्धव सरकारले मुम्बईमा अमिताभ बच्चनको बंगलाको सुरक्षा बढाएको छ ।
कंगनामाथि स्वराको बयानः गाली नै गर्नु छ भने मलाई गर
स्वराले ट्वीट गरिन्, ‘बिरामी कंगना, लाज लाग्दो बयान । कृपया, अब त बन्द गर । यदि तिमीलाई गाली नै गर्नु छ भने मलाई गाली गर । म खुसी भएरै तिम्रो कुरा सुन्नेछु । ठूलाको इज्जत गर्नु भारतीय संस्कृतिको पहिलो पाठ हो, तिमी त कथित राष्ट्रवादी हौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण