लकडाउनकै बीच नेपाल बैंकको पाँच वटा एक्सटेन्सन काउण्टर सञ्चालन

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बागल्ङ जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको बैंकको नयाँ एक्सटेन्सन काउण्टरको नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गरे ।
कोरोनाका कारण सामाजिक दुरी कायम गरी काउण्टरको उद्घाटन गदैं नगर प्रमुख भरत शर्मा गैरेले नेपाल बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । उनले गलकोटमा बि.सं २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैक २०५८ सालमा बिस्थापित भएको स्मरण गदैं २०७३ सालमा निकै ठुलो प्रयासले पुनस्थापना भएको बताए ।
नगरप्रमुख गैरेले नेपाल सरकारको स्वामित्वनै नेपाली जनताको स्वामित्व भएकोले नेपाल बैंक जनताको बैंक रहेको बताए । उनले नेपाल बैंक लिमिटेड गलकोट शाखाअन्तर्गतको एक्टेन्सन काउण्टरबाट समेत ग्राहकको सेवा र चाहनालाई मध्यजनर गरि सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
२०३८ सालमा गलकोट शाखाको रुपमा हरिचौरबाट सेवा प्रवाह गरेको नेपाल बैक लिमिटेड राजनैतिक परिर्वतनसँगै २०५८ सालमा विस्थापित भएको थियो । २०७३ साल माघ १ गते हरिचौरमा नेपाल बैंकको पुनस्थापना भएको थियो । एक्सटेन्सन काउन्टरबाट खाता संचालन, बचत ऋण कारोबार, रेमिटेन्स सेवा सुनचादिँको कारोबार, राजश्व भुक्तानी लगाएत सेवा प्रवाह हुने शाखा प्रबन्धक देबी बोहोराले जानकारी दिए ।
लकडाउन तथा निषेधाज्ञाको हालको विषम परिस्थितिमा समेत नयाँ आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल बैंकद्वारा पाँच वटा एक्स्टेन्सन काउण्टरहरु थप गरी संचालनमा ल्याएको प्रवक्ता अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार यस अघि साउन २३ गते दाङको भरतपुरस्थित क्याम्पस चोकमा, भाद्र १ गते पोखरा लेखनाथस्थित पोखरा नर्सिङ क्याम्पसमा, भदौ १० गते काठमाडौंस्थित अमृत साइन्स क्याम्पसमा, भदौ १५ गते चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा एक्स्टेन्सन काउण्टरहरु थपगरी सेवा प्रबाह सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु