कोरोना भाइरसबाट जोगिने उपाय नै नागरिक सचेतना
काठमाडौँ – स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी उपाय भएको बताएका छन् ।
कोरोनाबाट उत्पन्न समस्या समाधान गर्न अबको परिस्थिति सामना गर्न नागरिक आफैँ सचेत बन्न जनप्रतिनिधिले आग्रह गरेका छन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले कोरोना भाइरसबाट सिर्जित समस्या समाधान सरकार र जनप्रतिनिधिले मात्र गरेर नहुने भन्दै यसमा नागरिक आफैँ सचेत बन्नुपर्ने सुुझाव दिए । अब आर्थिक पक्ष चलायमान बनाउन नसके कोरोनाले भन्दा पनि भोकमरीको समस्या उत्पन्न हुनसक्नेप्रति उनीहरूले चिन्ता व्यक्त गरे ।
प्रमुख व्यञ्जुका अनुसार हरेक नागरिकले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न सके कोरोना नियन्त्रण हुन सक्ने भन्दै त्यसका लागि नागरिक सचेत बन्नुपर्छ । उनले भने, “अरूको दबाबमा परेर भन्दा आफैँ सचेत भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण