डा.केसीको सत्याग्रहमा नेविसंघको ऐक्यवद्धता
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आमरण अनसनरत डा.गोविन्द केसीको १९ औं सत्याग्रहमा ऐक्यवद्धता जनाएको छ । स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षामा सुधार तथा परिवर्तनका निम्ति पटक–पटक अनसन बसेका डा. केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै नेविसंघले उनले राखेका जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग जोडदार माग समेत गरेको छ ।
एक सातादेखि कर्णाली प्रदेशको जुम्ला जिल्लामा विगतका मागसहित पुनः अनसनमा बसेका डा.केसीका माग सरकारले सम्बोधन नगरेको भन्दै नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले अनसनका कारण डा.केसीको स्वास्थ्य स्थिति कमजोर हुँदा पनि सरकारले माग सम्बोधन गर्नुको सट्टा जबरजस्ती र दुर्व्यवहार गरेको आरोप लगाए ।
डा.केसीलाई अनशनस्थलबाट उठाउनु सत्ता र शक्तिको आडमा गलाउने, धम्क्याउने लगायतका अमानवीय व्यवहार प्रदर्शन गर्नु दुःखद भएको उनले बताए । सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज पहुँच र विपन्न परिवारका छोराछोरीले सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गर्न पाउनु पर्दछ भन्ने उद्देश्यका साथ जारी सत्याग्रहप्रति पूर्ण ऐक्यबद्धता रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघले डा.केसीले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उनको जीवन रक्षाको लागि सरकार समक्ष जोडदार मागसमेत गरेको छ । त्यसैगरी अनसनरत डा.केसीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण