आगामी ४ दिन मुलुकका अधिकांश स्थानमा वर्षा हुने, सतर्क रहन आग्रह
सोमबार, ०५ असोज २०७७, १६ : ३६
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी ४ दिन मुलुकका अधिकांश स्थानमा वर्षा हुने सम्भावना देखिएकोले सबैलाई सतर्क रहन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले वर्षापछि जाने बाढी पहिरो र डुबानसहित हावाहुरी र चट्याङ पर्ने सम्भावना समेत देखिएकोले सबैलाई सतर्क रहन आग्रह गरेको हो ।
साथै बस्ती नजिकै बाढी, पहिरो, डुबान र कटानको जोखिमको आंकलन गरी नजिकैका सुरक्षाकर्मी एवम् स्थानीय तहसँग समन्वय गरी सुरक्षित स्थानमा बस्न समेत प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ । साथै कुनै विपत्ति आइलागेमा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गर्न समेत आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण