बाग्लुङमा पहिरोले भत्कायो गोठ, एक जना बेपत्ता
बुधबार, ०७ असोज २०७७, १९ : ४०
बाग्लुङ । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा गोठ भत्किँदा एक जना बेपत्ता भएका छन् । अविरल वर्षात्का कारण गोठमाथिबाट पहिरो खस्दा पालाका टेकबहादुर खातीको गोठ पुरिएको र उनी सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।
रिजालका अनुसार गोठमा रहेका दुई भैंसी मरेका छन् । घटनास्थलमा उद्धारका लागि अछेते प्रहरीचौकीबाट प्रहरी घटनास्थलमा पुगेको तथा थप उद्धारका लागि प्रहरी निरीक्षक रिजालको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण