सामुदायिक विद्यालयका शिक्षक घरदैलोमा पठाइँदै
काठमाडौँ – सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयका शिक्षकलाई विद्यार्थीकै घरदैलोमा पठाउने कार्ययोजना कार्यान्वयनमा ल्याउनेभएको छ । खासगरी अपाङ्गता भएका विद्यार्थीलाई तिनको घरदैलोमा पुगेर सिकाइ सुनिश्चित गर्न सहज होस् भनेर यसै साताबाट शिक्षकलाई घरदैलोमा खटाउने भएको हो ।
विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गर्न यस खालको कार्ययोजना अघि सारिएको घोषणा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गरिसक्नुभएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विशेष अवस्थाका बालबालिकाको सिकाइ सुनिश्चित गर्ने दायित्व राज्यको भएको चर्चा गर्दै त्यसैका लागि शिक्षक परिचालन गर्ने योजना अघि सारिएको जानकारी दिए ।
सरकारले यसअघि विशेष अवस्थाका बालबालिकाका लागि आवासीय विद्यालय सहितको स्रोत कक्षा सञ्चालन गर्ने गरेको थियो । यसपटक कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा ती कक्षा सञ्चालन हुन सकेका छैनन् । यो अवस्थामा शिक्षकलाई जनस्वास्थ्यको दृष्टिकोणबाट सुरक्षित र सम्भव भए सम्मका स्थानमा पठाउने सरकारी कार्ययोजना छ ।
विद्यालय र स्थानीय तहको समन्वयमा यस खालको कार्ययोजना कार्यान्वयनमा ल्याउने सरकारी तयारी छ । यो वर्गका विद्यार्थी वैकल्पिक विधिका रूपमा सञ्चालित अनलाइन, रेडियो, टेलिभिजनको दायरामा समेटिन सकेका छैनन् । वैैकल्पिक विधिमा ती विद्यार्थी सहभागी हुन नसक्दा उनीहरूको न्यूनतम सिकाइ सुनिश्चित नहुने र यसबाट ती वर्गको शैक्षिक सत्र खेर जान सक्ने खतरालाई दृष्टिगत गरी शिक्षक परिचालनको कार्यक्रम अघि सारिएको हो । अपाङ्गता भएका विद्यार्थीलाई घरदैलोमा सेवा प्रदान गर्दा शिक्षा सम्बन्धी तालिम प्राप्त शिक्षक परिचालन गर्न प्राथमिकता दिने सरकारी तयारी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
श्रमिकलाई ठग्नेहरूमाथि कारबाही तीव्र
-
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
-
एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण