दीपिका, सारा, श्रद्धा र रकुलप्रितको बैंकको खाता अनुसन्धान हुने, सात नायकसँग पनि सोधपुछ हुने
सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलाको अनुसन्धानमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अब दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर र रकुलप्रित सिंहको बैंक खाताबाट भएको कारोबारको अनुसन्धान गर्नेछ । यी नायिकासँग एनसीबीका अधिकारीले ड्रग्ससँग जोडिएको ह्वाट्सएप च्याटबारे थुप्रै घण्टा सोधपुछ गरिसकेको छ । मिडिया रिपोर्टका अनुसार अब उनीहरुले ड्रग्स खरिद गर्नका लागि केही ट्रान्ज्याक्सन गरेका छन् छैनन् भनेर जान्ने कोसिस भइरहेको छ ।
भारतीय मिडियाका अनुसार चारै नायिकाले पछिल्लो तीन वर्षमा क्रेडिट कार्डमार्फत् गरिएको भुक्तानीको अनुसन्धान गरिएको छ । एनसीबीलाई उद्धृत गर्दै भारतीय मिडियाले दाबी गरे अनुसार ड्रग्स मामिलामा बलिउडका थुप्रै ठूला निर्माता र ७ ठूला नायकमाथि पनि सोधपुछ गरिनेछ ।
दीपिकाले ड्रग्स च्याट गरेका स्विकारेकी थिइन्ः
एनसीबीले शनिबार दीपिका पादुकोणलाई साढे पाँच घण्टा सोधपुछ गरेको थियो । स्रोतका अनुसार उनले आफ्नो म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्सको च्याट स्विकारेकी थिइन् । यद्यपि, उनले ड्रग्स सेवन भने नगरेको बताएकी छिन् । यस्तै सारा र श्रद्धाले सोधपुछमा सुशान्तले ड्रग्स लिने गरेको बताएका थिए । यसअघि रकुलप्रित सिंहले रियासँग ड्रग्सबारे च्याट गरेको स्विकारेकी थिइन् ।
रियाको जमानत याचिकामा आज सुनुवाई
ड्रग्स मामिलामा गिरफ्तार भएकी नायिका रिया चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्तीको जमानत याचिकामा मंगलबार बम्बे उच्च अदालतमा सुनुवाई हुनेछ । सुशान्तका हाउस म्यानेजर रहेका स्यामुअल मिरान्डा, कुक दिपेश सावन्त र लागुऔषध कारोबारी बासित परिहारको जमानतको निर्णय पनि आउनसक्छ । यी सबैको याचिका तल्लो अदालतले दुई पटक खारेज गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण