कुनै दीर्घ रोग नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु
बिहीबार, १५ असोज २०७७, ०८ : १६
काठमाडौँ – धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सुनसरी जिल्लाको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
विराट मेडिकल कलेज विराटनगरबाट कोरोना संक्रमण पुष्टि भएको र उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि ल्याइएको र गम्भीर अवस्थामा रहेका उक्त संक्रमितको उपचारका क्रममा बुधबार राति ९:३० बजे मृत्यु भएको प्रवक्ता डा. सापकोटाले बताए ।
डा. सापकोटाका अनुसार उक्त संक्रमितमा पहिलेदेखि कुनै पनि प्रकारको दीर्घ रोग वा अन्य कुनै रोग थिएन ।
अस्पतालका अनुसार मृतकको शव नियमानुसार व्यवस्थान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाएको घोषणा
-
विश्वासको मत लिनुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको मन्तव्य (पूर्णपाठ )
-
इब्राहिम रईसीको मृत्युमा हमासले के भन्यो ?
-
विश्वासको मत लिँदा नाराबाजी भएपछि कांग्रेससँग रिसाए प्रधानमन्त्री
-
कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– तपाईंहरुले गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ !
-
प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछः पौडेल