बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभामा लेक लागेर युवकको मृत्यु

आइतबार, १८ असोज २०७७, १३ : १८
आइतबार, १८ असोज २०७७

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका –१ का २४ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको शिवधारा पुगेर फर्कने क्रममा बाटैमा स्वास्थ्य समस्या देखिएको थियो । उनको शुक्रबार बार राति सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी खाँदबारी –३ का सुशील कार्कीले जानकारी दिए । सदरमुकाम खाँदबारीबाट  यही असोज १२ गते  सात युवाको टोली बेस क्याम्पतर्फ लागेको थियो । श्रेष्ठसहितको टोली शिवधारा दर्शन गरिसकेर  मकालु बेस क्याम्प जाँदै गर्दा बाटैमा स्वास्थ्य समस्या देखिएपछि याङ्लेखर्कभन्दा केही तलको एक होटलमा उनलाई राखिएको यात्रामा सहभागी कार्कीले बताए । 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले श्रेष्ठको लेक लागेर शुक्रबार राति सुतेकै स्थानमा मृत्यु भएको हुन सक्ने बताए । श्रेष्ठको  शव लिन मकालु बेस क्याम्प उडेको हेलिकप्टर खराब मौसमका कारण नै रोकिएको थियो । शनिबार घटनास्थलतर्फ उडेको हेलिकप्टर आज बिहान मात्रै शव  लिएर सदरमुकाम खाँदबारी आइपुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप