आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुंगा प्रहार

आइतबार, १८ असोज २०७७, १९ : ४८
आइतबार, १८ असोज २०७७

काठमाडौँ । आइतबार साँझ नम्बर ५ प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको छ । काठमाडौंबाट बुटवल जाँदै  गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको जनाएको छ । प्रहरीले ढुंगा प्रहार गर्ने  ६ जनालाई समेत पक्राउ गरेको छ । 

ढुंगा प्रहारबाट मुख्यमन्त्रीका अगुवा र पछुवा गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएपछि प्रहरीले केहि राउन्ड हवाई फायर समेत गरेको छ ।  

अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । 

मुख्यमन्त्री पोखरेललाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा देखाएका थिए । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेससहित रुपन्देहीका संघसंस्था आन्दोलित छन् । 

राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले आइतबार जिल्ला बन्द आह्वान गरेको थियो । बन्द आह्वानको बेला कडा सुरक्षाबीच मुख्यमन्त्री बुटवल आउँदै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप