के सञ्जय दत्तको स्वास्थ्य अवस्था बिग्रियो ? सार्वजनिक भयो यस्तो तस्बिर
भारतीय अभिनेता सञ्जय दत्त क्यान्सरद्वारा ग्रसित छन् । हालै सोसल मिडियामा उनको एउटा तस्बिर सार्वजनिक भएको छ, जुन हेरेर थुप्रैले उनको स्वास्थ्य अवस्था बिग्रिएको आँकलन गरेका छन् । धेरैले उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । यीमध्ये एक प्रयोगकर्ताले लेखिन्, ‘बाबा निकै कमजोर देखिएका छन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
सञ्जय दत्तको हैरान गरिदिने तस्बिरः
अर्का एक प्रयोगकर्ताले लेखे, ‘आशा गर्छु, उनी चाँडै नै निको हुनेछन् ।’ सञ्जय दत्त फोटोमा निकै कमजोर देखिएका छन् । यो फोटो अस्पतालका कर्मचारीमध्ये एकले उनीसँग खिचाएका हुन् । सार्वजनिक भएको फोटोमा सञ्जयको तौल निकै कम भएको देखिएको छ । यो फोटोमा उनको भिन्न स्वरुप देखिएको छ ।
He looks so different gosh.... lost so much weight?? Uff... so sad. #SanjayDutt pic.twitter.com/7Fimr7KWAP
— IkraaaShahRukh💕 (@Ikra4SRK) October 3, 2020
क्यान्सरको उपचार गराइरहेछन् नायकः
सञ्जयले गत अगस्ट ११ मा सोसल मिडियामा आफू केही समयका लागि उपचारका लागि छुट्टी लिन लागेको बताए । यद्यपि, अभिनेता र उनको परिवारको तर्फबाट उनको स्वास्थ्यबारे अहिलेसम्म कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन । बलिउडका ट्रेड एनालिस्ट कोमल नाहटाले अभिनेता फोक्साको क्यान्सरसँग जुधिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण