बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अलपत्र  बालकलाई परिवारको जिम्मा

सोमबार, १९ असोज २०७७, ०९ : ४७
सोमबार, १९ असोज २०७७

शुक्लाफाँटा नगरपालिका–८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ ।

डडेल्धुराको पर्शुराम नगरपालिका–११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो । 

भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर खड्का,  १३ वर्षीय विमल खड्का र  १२ वर्षीय नवीन खड्कालाई वडाध्यक्ष बहादुरसिंह महराको जिम्मा लगाइएको थियो ।

दुई दिनअघि अलपत्र अवस्थमा बालक फेला परेपछि वडाध्यक्ष महराले बालकलाई आफ्नो संरक्षणमा राखी परिवारका सदस्यलाई जिम्मा लगाएका हुन् । 

“डडेल्धुरा हुँदै बालक पैदल हिँडदै भोकभोकै यहाँ आइपुगेका रहेछन्”, वडाध्यक्ष महराले भने, “बालकहरु कसरी यति लामो बाटो हिँडेर आइपुगे कौतुहलताको विषय बनेको छ ।”

सामाजिक सञ्जाल फेसबुकमा बालकहरुबारे जानकारी दिने कार्य गरिएपछि परिवारका सदस्य सम्पर्कमा आएपछि उनीहरुको जिम्मा लगाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप