अलपत्र बालकलाई परिवारको जिम्मा
शुक्लाफाँटा नगरपालिका–८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ ।
डडेल्धुराको पर्शुराम नगरपालिका–११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो ।
भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर खड्का, १३ वर्षीय विमल खड्का र १२ वर्षीय नवीन खड्कालाई वडाध्यक्ष बहादुरसिंह महराको जिम्मा लगाइएको थियो ।
दुई दिनअघि अलपत्र अवस्थमा बालक फेला परेपछि वडाध्यक्ष महराले बालकलाई आफ्नो संरक्षणमा राखी परिवारका सदस्यलाई जिम्मा लगाएका हुन् ।
“डडेल्धुरा हुँदै बालक पैदल हिँडदै भोकभोकै यहाँ आइपुगेका रहेछन्”, वडाध्यक्ष महराले भने, “बालकहरु कसरी यति लामो बाटो हिँडेर आइपुगे कौतुहलताको विषय बनेको छ ।”
सामाजिक सञ्जाल फेसबुकमा बालकहरुबारे जानकारी दिने कार्य गरिएपछि परिवारका सदस्य सम्पर्कमा आएपछि उनीहरुको जिम्मा लगाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण