विदेशीको नाममा फेसबुक आईडी, विवाह गर्छु भन्दै ठगी
काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालको प्रयोग गरि लाखौं रकम ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–११ की ३१ वर्षीय सीता भुसाल छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा विदेशी नागरिकको नाममा नक्कली आईडी खोलेर सीताले ठगी गर्ने गरेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।
सीताले Dr.james sonar / James andy नामको आईडीबाट नेपालीलाई फ्रेन्ड रिक्वेस्ट पठाउने गर्थिन् । फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाई आफू लण्डनको नागरिक हो भनि परिचय दिई सीताले नेपाली नागरिकसँग कुराकानी गरेको खुलेको छ ।
कुराकानीको क्रममा सीताले विवाह गर्छु भनि विश्वास दिलाई ठगी गर्ने गरेको थापाले बताए ।
थापाका अनुसार जन्मदिनको अवसरमा सरप्राईज गिफ्ट पठाइदिन्छु भनि सुनको सिक्री, आइफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारेर लाखौ रकम ठगी गरेको पाइएको छ । यद्यपि सीताले यति नै ठगेको खुलेको छैन ।
पक्राउ परेकी सीतामाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण