विदेशीको नाममा फेसबुक आईडी, विवाह गर्छु भन्दै ठगी

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालको प्रयोग गरि लाखौं रकम ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–११ की ३१ वर्षीय सीता भुसाल छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा विदेशी नागरिकको नाममा नक्कली आईडी खोलेर सीताले ठगी गर्ने गरेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।
सीताले Dr.james sonar / James andy नामको आईडीबाट नेपालीलाई फ्रेन्ड रिक्वेस्ट पठाउने गर्थिन् । फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाई आफू लण्डनको नागरिक हो भनि परिचय दिई सीताले नेपाली नागरिकसँग कुराकानी गरेको खुलेको छ ।
कुराकानीको क्रममा सीताले विवाह गर्छु भनि विश्वास दिलाई ठगी गर्ने गरेको थापाले बताए ।
थापाका अनुसार जन्मदिनको अवसरमा सरप्राईज गिफ्ट पठाइदिन्छु भनि सुनको सिक्री, आइफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारेर लाखौ रकम ठगी गरेको पाइएको छ । यद्यपि सीताले यति नै ठगेको खुलेको छैन ।
पक्राउ परेकी सीतामाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ
-
स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल
-
कर्णाली आन्तरिक आम्दानीमा निरन्तर कमजोर