प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्नः डा.केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?
काठमाडौं । मुख प्रतिपक्षी नेपाली काँग्रेसले २४ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । डा.केसीको स्वास्थस्थिति जटिल हुँदा समेत सरकारले वार्ता नगरी कात्रो पठाउने तयारी गरेको हो भन्दै प्रधानमन्त्री केपी शर्माओलीलाई काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न उठाएका हुन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले डा.केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ प्रधानमन्त्रीलाई महँगो पर्ने चेतावनी दिएका छन् । ‘प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा.केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भूल किमार्थ नगरियोस्’ विज्ञप्तिमा भनिएको छ । सरकारले केसीका माग सम्बोधन गर्न हालसम्म वार्ता समितिसम्म गठन गरेको छैन । कुनै बेला नेकपाका अध्यक्ष प्रचण्डको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्ने केसीको अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गरेको काँग्रेसले आरोप लगाएको छ ।
प्रवक्ता शर्माले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ भन्दै काँग्रेसका तत्कालिन सभापति सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर होस् वा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवादमार्फत उनको माग पूरा गरेको स्मरण गराएका छन् ।
शर्माले डा.केसीसँग गरिएका सम्झौता कार्यान्वयनको सट्टा उल्टाउने र नयाँ सन्दर्भमा अघि सारिएका मागबारे समाधान खोज्ने लोकतान्त्रिक संस्कार सरकारमा नभएको काँग्रेसको आरोप छ । सत्याग्रहीलाई दुर्व्यवहार गर्नेदेखि सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण