वर्डलिंक र फेसबुकबीच सहकार्यको घोषणाः ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई उपलब्ध हुने
बिहीबार, २२ असोज २०७७, १७ : १७
काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ड लिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रम मार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् ।
उक्त सेवा बिहिबारबाटै लागू भएको इन्टरनेट प्रदायक कम्पनी वर्ड लिंकले जनाएको छ । तर उक्त सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुनेछ । वर्डलिंक मार्फत उपलब्ध गराइने यस्तो वाईफाई सेवा उपभोग गर्नका लागि प्रयोगकर्ताहरुले उपलब्ध स्थानमा मोबाइल नम्बर राख्नुपर्नेछ र कोर्ड प्राप्त भएपछि रजिष्ट्रर गरेर वाईफाई सेवा उपभोग गर्न सकिने छ । यस्तो सेवा सञ्चालनका लागि फेसबुकले वर्ड लिंकलाई आवश्यक पूर्वाधार सेवा उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण