उपत्यकाबाट चोरी भएका बुलेटसहित २६ मोटरसाइकल फेला, चोरीमा संलग्न ८ जना पक्राउ
काठमाडौँ । उपत्यकाबाट चोरी भएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ । शुक्रवार ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी ) भिम प्रसाद ढकालले सवारी धनीलाई मोटरसाईकल जिम्मा लगाएका हुन् ।
प्रहरीले फेला पारेका मध्ये दुईवटा बुलेट मोटरसाइकल छन् । नयाँ बसर्पाकबाट हराएको प्रदेश–३–०२,०१४प ३१८९ र बोडेबाट हराएको को३९प २४३ नम्बरको बुलेट मोटरसाईकल फेला परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोभिड–१९ महामारीको बिचमा पनि सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल र स्कुटर खोजीलाई निरन्तरता दिइएको महाशाखाका एसएसपी ढकालले बताए ।
मोटरसाइकल र स्कुटर चोरीमा संलग्न ८ जनालाई ट्राफिक प्रहरी महाशाखाले पक्रेको छ । ट्राफिक प्रहरीले लकडाउन शुरु भएपछि ९० वटा मोटरसाइकल फेला पारेर सवारी धनिलाई जिम्मा लगाएको छ ।
चालू आर्थिक वर्ष ०७६÷७७ मा महाशाखाले ३ सय २५ वटा हराएका दुईपांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ ।
सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण