इरानमा कोरोनाबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिको मृत्यु
एजेन्सी । इरानमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको बताए ।
आइतबार अधिकारीहरूले दिएको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या तीन हजार ८२२ रहेको र अहिलेसम्म कूल पाँच लाख ७५ जना सङ्क्रमित भएको उल्लेख छ । इरानमा अहिलेसम्म निको हुने व्यक्तिको सङ्ख्या ४ लाख ६ हजारभन्दा बढी रहेको र ४ हजार ४८२ जना सघन उपचार कक्षमा भर्ना भई चिकित्सकबाट उपचार सेवा लिइरहेको बताइएको छ ।
हाल इरानका ३१ प्रान्तमध्ये २६ प्रान्तमा कोभिड–१९ सङ्क्रमणले महामारीको रूप लिएको उल्लेख प्रवक्ता लारीले गरे । इरानमा पहिलो कोभिड–१९ विरामी गत फेब्रुअरी १९ मा पुष्टि भएको थियो । इरान र चीनबीच सङ्क्रमण नियन्त्रणका लागि आपसी सहयोग आदानप्रदान हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा ३ हजार कैदीबन्दी राख्न मिल्ने कारागार भवन उद्घाटन
-
चौथो खेलमा पनि वेस्ट इन्डिजले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्ने
-
चितवनमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
-
समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छः मन्त्री शर्मा
-
क्रिस–४ मा भिलेन बन्न लागेका हुन् ऋतिक रोशन ?
-
श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालनमा