इरानमा कोरोनाबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिको मृत्यु
एजेन्सी । इरानमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको बताए ।
आइतबार अधिकारीहरूले दिएको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या तीन हजार ८२२ रहेको र अहिलेसम्म कूल पाँच लाख ७५ जना सङ्क्रमित भएको उल्लेख छ । इरानमा अहिलेसम्म निको हुने व्यक्तिको सङ्ख्या ४ लाख ६ हजारभन्दा बढी रहेको र ४ हजार ४८२ जना सघन उपचार कक्षमा भर्ना भई चिकित्सकबाट उपचार सेवा लिइरहेको बताइएको छ ।
हाल इरानका ३१ प्रान्तमध्ये २६ प्रान्तमा कोभिड–१९ सङ्क्रमणले महामारीको रूप लिएको उल्लेख प्रवक्ता लारीले गरे । इरानमा पहिलो कोभिड–१९ विरामी गत फेब्रुअरी १९ मा पुष्टि भएको थियो । इरान र चीनबीच सङ्क्रमण नियन्त्रणका लागि आपसी सहयोग आदानप्रदान हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण