बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सर पीडित सञ्जय दत्तको मिडियासँग विशेष अपिलः भने, ‘म बिरामी छैन’

बिहीबार, २९ असोज २०७७, १३ : ३४
बिहीबार, २९ असोज २०७७

बलिउडका सञ्जु बाबा अर्थात् सञ्जय दत्त पछिल्लो थुप्रै समयदेखि क्यान्सरको खबरका कारण चर्चामा छन् । केही समय अघि सञ्जय दत्त फोक्सोको क्यान्सरसँग जुधिरहेको र उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेको बताइएको थियो । यतिबेला सञ्जय दत्तको स्वास्थ्यबारे उनको परिवारको तर्फबाट लगातार अपडेट आयो । यसैबीच अब सञ्जय दत्तको एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा सञ्जय दत्तले मिडियासँग आफ्नो रोगबारे कुरा गरेका छन् । सञ्जय दत्तको यो भिडियो सोसल मिडियामा तीब्र रुपमा भाइरल भइरहेको छ ।

नायक सञ्जय दत्त नयाँ भिडियोमा हेयर स्टाइलिस्ट आलिम हकिमको सैलुन बाहिर देखिएका छन् । उनलाई देखेर फोटोग्राफर उनीसँग कुरा गर्छन् । सञ्जय जब बाहिर आउँछन् तब मास्क उनको हातमा हुन्छ । यसमा फोटोग्राफरले मास्क लगाउन आग्रह गर्छन् । त्यसपछि सञ्जय झटपट मास्क लगाउँछन् र फोटोग्राफरले उनको फोटो खिच्छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@duttsanjay snapped today at #hakimaalim salon..😍 #sanjaydutt#sanjayduttismyhero#sanjaydatt

A post shared by CRISPY BOLLYWOOD😎 (@crispybollywood) on

त्यसपछि सञ्जय दत्तले मिडियाकर्मीलाई भन्छन्, ‘अहिले म बिरामी छैन, यस्तो नलेख्नुहोस् । ’ त्यसपछि सबैजना बेस्सरी हाँस्छन् ।

यस्तै सञ्जयको एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा हेयर स्टाइलिस्ट आलिम हकिमद्वारा इन्स्टाग्राममा सेयर गरिएको एउटा नयाँ भिडियोमा सञ्जय दत्तले आफूले पहिलेदेखि यसमा काम गरिरहेकोले चाँडै नै क्यान्सरलाई हराइदिने प्रण गरेका छन् । सञ्जय दत्त भन्छन्, ‘हाय, म सञ्जय दत्त हुँ । सैलुनमा आएर राम्रो लाग्यो । कपाल काट्न आएको हुँ । यदि तपाईं यसलाई हेरिरहनुभएको छ भने यो मेरो जीवनको हालैको निशान हो तर म यसलाई हराउनेछु । म चाँडै नै क्यान्सरबाट बाहिर निस्कनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप