आईएपीएलमा दोस्रो पटक सुपरओभर पनि बराबरी : डबल सुपरओभरमा पञ्जाबले हरायो मुम्बईलाई
इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जाबले मुम्बई इन्डियन्सलाई डबल सुपर ओभरमा पराजित गरेको छ । यसअघि दुई टोलीबीच खेलिएको पहिलो सुपर ओभर पनि बराबरीमा सकिएको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले प्रस्तुत गरेको १२ रनको लक्ष्य पञ्जाबले ४ बलमा नै पुरा गर्यो ।
पञ्जाबका लागि क्रिस जोर्डन र मुम्बईका लागि ट्रेन्ट बोल्टले सुपर ओभरमा बलिङ गरेका थिए । आईपीएलमा पहिलोपटक एकै दिनमा तीन सुपर ओभर भयो । यसअघि पहिलो खेलमा कोलकाताले हैदराबादलाई सुपर ओभरमा नै पराजित गरेको थियो ।
त्यस्तै, पञ्जाब र मुम्बईबीचको पहिलो सुपर ओभरमा पञ्जाबले ५ रन बनाएकोमा मुम्बईले पनि जवाफमा ५ रन मात्र बनाउन सक्यो । यसमा मुम्बईका लागि जसप्रीत बुमराह र पञ्जाबका लागि मोहम्मद शमीले बलिङ गरेका थिए । नियमअनुसार पहिलो सुपर ओभरमा ब्याटिङ र बलिङ गर्ने खेलाडीले दोस्रो सुपर ओभरमा फिल्डिङ मात्र गर्न पाउँछन् । त्यही भएर दोस्रो सुपरओभरमा फरक–फरक खेलाडीले बलिङ र ब्याटिङ गरे ।
आईपीएलमा दोस्रो पटक सुपर ओभर पनि बराबरी भएको हो । यसअघि सन् २०१४ मा कोलकाता र राजस्थानबीचको खेल बराबरी भएको थियो ।
टस जितेर ब्याटिङ गरेको मुम्बईले १७७ रनको लक्ष्य दिएको थियो । जवाफमा पञ्जाबले ६ विकेटको क्षतिमा १७६ रन बनाएपछि खेल बराबरी भयो । पञ्जाबका लागि कप्तान लोकेश राहुले सबैभन्दा बढी ७७ रन बनाए । अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि ९ रन चाहिएको थियो । तर, बोल्टले पञ्जाबलाई सो लक्ष्य हासिल गर्न दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण