कोरोना संक्रमितहरुको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्योः २१ वामपन्थी दल
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित २१ वामपन्थी दलहरुले कोरोना संक्रमित नागरिकको उपचार आफैंले गर्नुपर्ने भन्ने सरकारको निर्णयको विरोध गरेका छन् । सोमबार २१ दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा संक्रमितहरुको उपचारमा राज्यले उपचार गर्नबाट पछि हट्न नहुने बताएका हुन् ।
विप्वव नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी‚ सिपी मैनाली नेतृत्वको नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल लगायत २१ वामपन्थी दलहरुले सरकार नागरिकको उपचार गर्नबाट पछि हटेको आरोप लगाउँदै संविधानको धारा १५ को समेत खुला उल्लंघन भएको ठहर गरेका छन् । विज्ञप्तिमा यसअघि सर्वोच्च अदालतले सबै नागरिकको निशुल्क उपचार गर्न दिएको आदेशेको समेत उपहास गरेको जनाइएको छ ।
ती दलले आम नागरिकको बाँच्न पाउने अधिकारमाथि समेत अतिक्रमण गरेको आरोप लगाउँदै उक्त निर्णय अबिलम्ब खारेज गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण