कंगना रनोटलाई एक वकिलले सोशल मिडियामा दिए बलात्कारको धम्की
बलिउड नायिका कंगना रनौतलाई एक वकिलले सोसल मिडियामा बलात्कारको धम्की दिएका छन् । यो धम्की कंगनाको त्यो पोस्टमा आएको छ जमा उनले नवरात्रि र ब्रतको कुरा गरेकी थिइन् । यद्यपि, जब घटना गर्मायो तब वकिलले माफी मागे र आफ्नो आइडी ह्याक भएको भन्दै स्पष्टिकरण दिएका थिए ।
ओडिशाका वकिल मेहन्दी रजाले कंगनाको पोस्टमा कमेन्ट गरेका थिए जसमा उनले भनेका थिए, ‘तपार्ईंको बीच शहरमा बलात्कार हुनुपर्छ ।’
यो कमेन्टपछि प्रयोगकर्ताले मेहन्दी रजालाई तथानाम भने । रिपोर्टका अनुसार मेहन्दी रजा ओडिशाको झारसुगडा डिस्ट्रिक्ट एण्ड सेशन कोर्टका एड्भोकेट हुन् । रजाविरुद्ध ऊजुरी दर्ता भइसकेको पनि बताइएको छ ।
प्रयोगकर्ताको प्रतिक्रिया पछि रजाले पोस्टमा माफीनामा लेखेका छन् । रजाले लेखे, ‘आज मेरो फेसबुक आइडी ह्याक भएको थियो, जसमा केही अपमानजनक कमेन्ट पोस्ट भयो । कुनै पनि महिला वा कम्युनिटीबारे यो मेरो दृष्टिकोण होइन । म आफैंपनि अचम्मा छु र म यसका लागि माफी माग्छु । जसको भावना आहत भएको छ उहाँहरुले मलाई माफ गरिदिनुहोस् । म साँच्चै नै यसका लागि माफी माग्छु ।’
आफूविरुद्ध मुद्दा दर्ता हुँदा कंगनाले लेखेकी थिइन् पोस्टः
मुम्बईको बान्द्रा अदालतले शनिबार कंगनाविरुद्ध धर्मको नाममा घृणा फैलाएको आरोपमा ऊजुरी दर्ता गर्ने आदेश दिएको थियो । यसमा कंगनाले एउटा पोस्ट गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘क–कसले नवरात्रिमा ब्रत बस्दै छ ? फोटो आजको सेलिब्रेशनको हो किनभने मैले ब्रत राखेकी छु । यसैबीच मविरुद्ध अर्को एउटा एफआईआर दर्ता भएको छ । महाराष्ट्रका पप्पू सेना मेरो पिछा लागेको छ । मलाई धेरै याद नगर्नुहोस्, म चाँडै नै त्यहाँ आउनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण