बार्साको जीतमा मेस्सीको नयाँ कीर्तिमान
कप्तान लियोनेल मेस्सी कीर्तिमानी १६ औँ च्याम्पियन्स लिग सिजनमा गोल गरेपछि बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा बार्सा ५–१ को विशाल अन्तरले विजयी भएको हो ।
मेस्सीले खेलमा २७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । योसँगै मेस्सीले सबैभन्दा धेरै फरक–फरक च्याम्पियन्स लिगको सिजनमा गोल गर्ने म्यान्चेस्टर युनाइटेडका पूर्वविंगर रायन गिग्सको कीर्तिमान बराबरी गरेका छन् । पहिलो हाफ सकिन लाग्दा अन्सु फातीले बार्साको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा फिलिपे काउटिन्होले बार्साको तेस्रो गोल थपे । तर, खेलको ६८ औँ मिनेटमा जेरार्ड पिके रातो कार्ड खाँदै बाहिरिए भने इहोर खाकातिनले पेनाल्टीमार्फत गोल गर्दै बार्साको अग्रता कम गर्ने प्रयास गरे । लगत्तै, १७ वर्षीय पेड्री र ओसमान डेम्बेलेले गोल थप्दै बार्साको सहज जीत सुनिश्चित गरे ।

समूहकै अर्को खेलमा युभेन्टसले डाइनामो किएभलाई २–० गोलअन्तरले पराजित गर्यो । युभेन्टसको जीतमा दुवै गोल अल्भारो मोराटाले गरे ।
कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि क्रिस्टियानो रोनाल्डो भने टोलीमा थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण