सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान
बुधबार, ०५ कात्तिक २०७७, २१ : ०१
ताप्लेजुङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो ।
नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौँदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङदे सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए । यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले आज सीमित यात्रु ल्याएको हो ।
काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा ६ हजार ८ सय ४० रुपैया तोकिएको छ भने ताप्लेजुङदेखि काठमाडौंका भाडा ६ हजार ७ सय ४० रुपैया तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल
-
सत्ता समीकरणमा फेरियो अङ्कगणित, सरकार सुरक्षित
-
कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त
-
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि
-
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी
-
सभामुख घिमिरेले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक