२७ वर्षपछि इन्द्रजीतको गीतमा राजेश हमाल
बिहीबार, ०६ कात्तिक २०७७, १० : ५७
काठमाडौँ । केही अगाडि आफै फिल्म निर्देशन गर्ने बताएका अभिनेता राजेश हमाल अहिले भटाभट म्युजिक भिडियो अभिनय गरिरहेका छन् ।
यस्तैमा राजेश अभिनित नयाँ म्युजिक भिडियो ‘जुनमा हेरु तिमीलाई’ सार्वजनिक भएको छ । गायक इन्द्रजीत मिजारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा सुरेश अधिकारीको संगीत छ । गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् ।
मिजारको गीतमा राजेशले २७ वर्षपछि फेरि अभिनय गरेका हुन् । यस अगाडि उनले मिजारको स्वर रहेको फिल्म ‘देउता’को ‘अब यो बाटो मेरो हो’ मा अभिनय गरेका थिए ।
भिडियोमा हमालको साथमा आज्ञा खतिवडा र दीलिप केसीलगायतको अभिनय रहेको छ ।
समी श्रेष्ठको कोरियोग्राफी, श्याम तामाङको छायांकन र विकाश दाहालको सम्पादन रहेको भिडियोमा श्याम लामा र काजी लिम्बुको निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण