‘निदाउके सपनीमा’मा फ्रन्टलाइनमा काम गर्ने डाक्टरको प्रेमकथा
काठमाडौं । विश्वमा कोरोना त्रास कायम झन् बढ्दो छ । कोरोना महामारीबाट सबै ढाटा भागिरहेको समय डाक्टर, नर्सलगायतले स्वस्थ्यकर्मीले भने फ्रन्टलाइनमा रहेर दिनरात नभनी काम गरिरहनु पर्ने बाध्यता छ ।
यस्तै फ्रन्टलाइनमा रहेर काम गर्दै आएका दुई डाक्टरको प्रेमकथा रहेको गीत ‘निदाउके सपनीमा’ सार्वजनिक भएको छ ।
फूलपातीको अवसर पारेर सार्वजनिक गीतमा सुगम पोखरेल र कविता श्रेष्ठको स्वर रहेको छ । गीतमा रमेशकुमार श्रेष्ठको शब्द र एलिश कार्कीले संगीत दिएका छन् ।
गीतको भिडियोमा रिलिजको तयारीमा रहेको ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरे देखिएका छन् । एउटा कम्प्लीट छोटो प्रेमकथा बुनिएको भिडियो प्रेमकथामा बनेको सांगीतिक छोटो फिल्म भन्न रुचाउछन् यसका निर्देशक सन्तोष सेन ।
केही कारुणिक दृश्य सहित निर्माण भएको भिडियोमा बिहेपछि पहिलो पटक दशैँ मनाउने तयारी गरिरहेका एक जोडी स्वस्थ्यकर्मी मध्य एकमा कोरोना संक्रमण भएपछि उत्पन्न परिस्थिति देखाउन खोजिएको छ ।
भिडियो फिल्मका निर्माता तथा निर्देशन सन्तोष सेनले निर्देशन गरेका हुन् । फन्टलाइनमा काम गर्ने दुई डाक्टरको प्रेमकथा भित्रको पिडा भिडियोमा आफूले देखाउने खोजेको निर्देशक सेनले बताए । कोरोना महामारी बीच पनि दिनरात नभनी फ्रन्टलाइनमा रहेर काम गर्ने सबै स्वस्थ्यकर्मीको सम्मानमा भिडियो निर्माण गरिएको उनको भनाइ रहेको छ ।
तीन दिन एक अस्पतालनै बुकिङ गरेर छायाँकन गरिएको भिडियो ठुलै खर्चमा फिल्म शैलीमा तयार पारिएको छ । भिडियोमा कतैकतै सम्वाद समेत राखिएका छन् । १० मिनेट अवधिको भिडियो एउटा पूर्ण प्रेमकथाको छोटो फिल्म झै निर्माण भएको छ ।
आँशुसेन फिल्मस्को प्रस्तुतिमा बनेको गीतका निर्माता प्रितम बिष्ट हुन् । पुरुषोत्तम प्रधान छायाँकन रहेको गीतमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण