चोकको नाम राख्ने विषयमा झडप, प्रहरीद्वारा हवाइ फायर
रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर १ र ७ को बीचमा रहेको चोकको नाम राख्ने विषयमा दुई वडाका युवाहरुबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्नुका साथै एक सेल अश्रुग्यास पनि प्रहार गर्नुपरेको छ । घटनामा एक दर्जनभन्दा घाइते रहेका छन् ।
विगत १० वर्षदेखि मनहरा र परसवा गाउँको बीचमा रहेको चोकलाई परसवा चोक भनिँदै आएको छ । प्रायः हरेक दसैँमा यस चोकको नामलाई लिएर विवाद सिर्जना हुने गरेको छ । मनरहवा गाउँका मानिसहरुले चोकको नाम मनरहवा चोक राख्नुपर्ने बताउँदै आएका छन् । केही दिन अघि परसवा चोकको बोर्ड भत्काएर मनरहवा चोकको बोर्ड राखिएको थियो । तर, सो बोर्डमा कालो पोतिएपछि विवादले झडपको रुपमा लिएको हो ।
गुजरा नगरपालिका मेयर सन्तलाल चौधरीले यो विवादलाई दसैँपछि बसेर छलफल गरेर टुङ्ग्याउने प्रतिबद्धता जनाएका थिए । तर, आज एकाएक ११ बजे दुवै गाउँका युवाहरुबीच झडप भएको थियो । इलका प्रहरी कार्यालय चन्द्रनिगाहपरका प्रमुख डिएसपी हेमबहादुर शाही र सो क्षेत्रमा रहेका प्रहरीहरु गएर स्थिति नियन्त्रणमा लिएका थिए ।
रौतहटका प्रहरी प्रमुख एसपी सिद्धविक्रम शाहले डिएसपी शाहीले दुवै गाउँका प्रतिनिधिलाई राखेर मध्यस्तताको प्रयास गरिरहेको जानकारी दिए ।
झडपको स्थिति निम्त्याउनुमा वडा १ का अध्यक्ष राजकिशोर वण्ठा र ७ का अध्यक्ष मोफिल चौधरी जिम्मेवार रहेको स्थानीयको आरोप छ । हालसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण