मोरङमा पाँच जुवाडेको साथबाट ८ लाख ८९ हजार बरामद
प्रहरीले पछिल्लो समय जुवालाई केन्द्रीत गरेर अप्रेसन सुरु गरेको छ । चाडपर्वमा जुवा खालहरु बढीरहेको सूचनाका आधारमा केहि दिनदेखि मोरङ प्रहरी जुवा नियन्त्रण अभियानमा लागेको छ ।
प्रहरीले शनिबार ८ लाख ८९ हजार २५० नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । मोरङ केराबारी गाउँपालिका– ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ५ जनालाई जुवाखालबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका–६ का ६० वर्षीय भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र धरानकै ३६ वर्षीय हरी खत्री रहेको मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए ।
विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले नगदसहित पाँच जुवाडेलाई पक्राउ गरेको हो । जुवाखालबाट पक्राउ परेका उनीहरुको साथबाट १३ बुक तास, २ वटा स्कुटी र २ थान मोसा समेत बरामद गरिएको डीएसपी राईले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण