शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा पाँच जुवाडेको साथबाट ८ लाख ८९ हजार बरामद

आइतबार, १६ कात्तिक २०७७, १० : २२
आइतबार, १६ कात्तिक २०७७

 प्रहरीले पछिल्लो समय जुवालाई केन्द्रीत गरेर अप्रेसन सुरु गरेको छ । चाडपर्वमा जुवा खालहरु बढीरहेको सूचनाका आधारमा केहि दिनदेखि मोरङ प्रहरी जुवा नियन्त्रण अभियानमा लागेको छ । 

प्रहरीले शनिबार ८ लाख ८९ हजार २५० नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । मोरङ केराबारी गाउँपालिका– ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ५ जनालाई जुवाखालबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–६ का ६० वर्षीय भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र धरानकै ३६ वर्षीय हरी खत्री रहेको मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले नगदसहित पाँच जुवाडेलाई पक्राउ गरेको हो । जुवाखालबाट पक्राउ परेका उनीहरुको साथबाट १३ बुक तास, २ वटा स्कुटी र २ थान मोसा समेत बरामद गरिएको डीएसपी राईले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप