बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

यसरी सुरु हुँदैछ अमेरिकी राष्ट्रपतिय निर्वाचन, कसको पक्षमा आउला परिणाम ?

मङ्गलबार, १८ कात्तिक २०७७, ०० : १८
मङ्गलबार, १८ कात्तिक २०७७

एजेन्सी । संयुक्त राज्य अमेरिकामा मंगलबार अर्थात नोभेम्बर ३ मा ४५ औं राष्ट्रपतिको चुनाव सुरु हुँदैछ । निर्वाचनका लागि सबै तयारी पुरा भएको जनाइएको छ । चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्रेटिक प्रतिद्वन्द्धी जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुँदैछ । अमेरिकी समयअनुसार (बाहिरी देशहरुको समय घटबढ हुनसक्छ) अधिकांश राज्यहरुमा बिहान ६ बजेबाट मतदान सुरु हुने जनाइएको छ । 

यी च्यानलहरुमा चुनाव हेर्न सकिन्छ 
राष्ट्रपति निर्वाचनको अधिकांश प्रमुख अन्तर्राष्ट्रिय टिभी समाचार च्यानलहरुमार्फत प्रसारण हुने जनाइएको छ । जसमा बीबीसी, सिएनएन, अलजजिरा, वियोन आदि टिभी च्यानलहरुले चुनावी गतिविधिको प्रसारण गर्नेछन् । यस वर्षको राष्ट्रपतिय निर्वाचनमा करिब २४ करोड अमेरिकी नागरिक मतदान गर्न योग्य छन् । उनीहरु अधिकांशले मतदान गर्नेछन् । ३ नोभेम्बरमै मतदान प्रक्रिया समाप्त हुन्छ ।

२७० इलेक्टोरल कलेज जित्नेवाला बन्छ राष्ट्रपति
पछिल्ला मत सर्वेक्षणहरुका अनुसार जो बाइडेन राष्ट्रपति ट्रम्पभन्दा निकै अघि देखिएका छन् । प्रारम्भिक मतदान र हुलाकी मतपत्रमार्फत पौने १० करोड मतदाताले मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा खसेको मतको करिब ६८ प्रतिशत मत हो । स्मरणरहोस्,अमेरिकी राष्ट्रपतिय निर्वाचनमा विजय हासिल गर्न लोकप्रिय मतले मात्र काम गर्दैन ।

राष्ट्रपति बन्न दुई प्रतिस्पर्धीमध्ये एक जनाले ५३८ इलेक्टोरल कलेजमध्ये २७० मा जीत हासिल गर्नुपर्ने हुन्छ । इलेक्टोरल कलेजहरु प्नि एक किसिमका प्रतिनिधिहरु हुन्, जो निर्वाचिन हुनुपर्छ । अमेरिकामा सबैभन्दा कम इलेक्टरोल कलेजहरु भएको राज्य वायोमिङ हो, जुन राज्यमा ३ वटा इलेक्टरोल कलेज रहेका छन् । सबैभन्दा बढी धेरै इलेक्टरोल कलेज भएको राज्य क्यालिफोर्निया हो, जहाँ ५५ वटा इलेक्टरोल कलेज रहेका छन् ।

अमेरिकी राष्ट्रपतिय निर्वाचनको इतिहासमा रोचक तथ्य पनि भेट्न सकिन्छ । त्यो के भने लोकप्रिय मतमा पछि परे पनि सन् २००० मा तत्कालिन रिपब्लिकन पार्टीका उम्मेद्वार जर्ज डब्लु बुश र सन् २०१६ मा डोनाल्ड ट्रम्पले चुनाव जितेका थिए । ट्रम्पले हिलारी क्लिन्टनको भन्दा करिब ३० लाख कम मत प्राप्त गरेपनि चुनाव जित्न सफल भएका थिए । त्यसैले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा लोकप्रिय मत मात्र निर्णायक हुँदैन ।

यो वर्ष भने अमेरिकी मतदाताहरुले मतदान प्रक्रियामा नयाँ अभ्यास पनि गरिरहेका छन् । उनीहरुले कोरोना भाइरसको जोखिमका कारण मेलमार्फत मतदान गरेर उम्मेद्वार छनौट गरेका छन् । यद्यपि, सामान्यतया ती मेल मतपत्रहरुको गणना गर्न भने निकै समय लाग्ने जनाइएको छ । राष्ट्रपति ट्रम्पसँग प्रतिस्पर्धा गरिरहेका बाइडेन पूर्व उपराष्ट्रपति हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप