कर्मकाण्ड आमा र यमदूतहरु— १३

गाई–गोरु दान गर्नलाई त हामी चार दाजु–भाइले विर्तामोडभरिका सारा गाई–गोरु चोर्नुपर्ने भो नि !

“आ....छाड्दे भोटसोटका गन्दे कुरा । घटे तिमी वामेहरूकै घट्लान्, हामी राप्रेहरूका भोट न घट्नु न बढ्नु । यसमा हामीलाई न लुतो न कन्याइ ।”

person explore access_timeकात्तिक १८, २०७७ chat_bubble_outline0

 

 

उनन्तीस

साँझपख म चुरोटको सर्को उडाउँदै बाँसझ्याङछेउको बाटोमा टहल्दै थिएँ, घर हिँडेका पुरोहित बाजे लमक–लमक लम्किँदै मतिर आए । उनका निधारमा तीन धर्के चन्दन थियो र काखीमुनि थियो एउटा सानो पोको । मलाई देख्दा बाजेको मुखमण्डलमा असहज भाव छायो । वार्ताको सामना गर्नु नपरोस् भनेझैँ गरी मलाई उछिनेर अघि बढ्न उनले चाल बढाए ।

“हिँडियो गुरु ?” वार्ताको द्वार खोल्न मैले प्रस्ताव राखेँ ।

“घर टाढा छ, सर । आज अबेर भइगो ।”

मैले गुरुलाई पछ्याएँ । गुरुका पाइलाको चाल झन्झन् तीव्र भयो ।

“गुरु, एउटा स्यानो कुरा सोध्न सकिएला ?”

“आच्या,  ठूलै कुरा सोध्न सकिन्छ नि, सर ।”

“आजको पुराणमा गाई–गोरु महात्म्य सुनेपछि मेरो मनमा एउटा अप्ठ्यारो प्रश्न उठ्यो, गुरु ।”

“हजुर ?” प्रश्न सुन्नुअघि नै गुरु तिल्मिलाए ।

“गुरु, हजुरले माग्नुभएजति गाई–गोरु दान गर्नलाई त हामी चार दाजु–भाइले विर्तामोडभरिका सारा गाई–गोरु चोर्नुपर्ने भो नि ! धर्म थाम्न हामीलाई त बडो कष्ट हुने भो । हँ गुरु ?”

“पर्दैन, सर ।”

“गुरुले शास्त्रलाई साछी राखेर मागिसक्नुभो, अब पर्दैन भनेर भो र ?”

“यो पहिलेको कुरो हो, सर ।” विचारमग्न मुद्रामा बाजेले भने । “पहिले सहकाल थियो । मान्छेको जातलाई नपुग्दो केही थिएन । फेरि उसबेलाका मान्छेका मन पनि ठूला थिए ।”

“गुरुले त्यतिविधि मानिसहरूले सुन्ने गरी मागिसक्नुभो । अब हामीले गाई–गोरु नचोरी भो र ?” मैले बाजेको जिब्रो अँठ्याएँ ।

“सकेको गर्ने हो ।” खिस्रिक्क परेको भाकामा बाजेले भने । “शास्त्रमा लेखेजति गर्न त सत्य युग फर्किनुपछ, सर ।”

“गुरु !” मैले बाजेलाई छाडिनँ, “सहकालको कथा अहिले अनिकालमा किन सुनाउनुपर्‍या हो ? अनिकालमा त अनिकालकै कथा हुनुपर्ने होइन र ?”

“गुरु !” मैले बाजेलाई छाडिनँ, “सहकालको कथा अहिले अनिकालमा किन सुनाउनुपर्‍या हो ? अनिकालमा त अनिकालकै कथा हुनुपर्ने होइन र ?”

“शास्त्र पहिलेको परो, सर । यसमा हामीले हेराफेरी गर्न नमिल्ने ।”

“सहकालका बाजेले लेखेको पुराण अनिकालका बाजेले हेराफेरि गर्न किन नमिल्ने ?”

बाजेले मलाई पुलुक्क हेरे । तर्कलाई अघि बढाउन अब उनले यो त भगवानको उपदेश हो भन्नुपर्ने भयो । उनले त्यसो भन्न आँट गरेनन् । त्यसैले वार्ताको पासोबाट उम्किन बाजेका पाइला झन् द्रुततर भए ।

“खै त गुरु, उत्तर पाउन सकिएन नि ?”

बाजे झन् अताल्लिए र झन् छिटो हिँड्न थाले ।

“गुरुलाई गाह्रो पर्‍या हो ?”

“मलाई हतार भो सर, कुरा गर्दै गरौँला ।” यसो भनिसक्दा बाजे म भएठाउँबाट पच्चीस–तीस पाइला पर पुगिसकेका थिए ।

तीस

मानिस मर्न लागेको छ । पुराणमा अब प्रसङ्ग उठ्छ मानिसले प्राण जाने बेलामा गर्नुपर्ने कृत्य के हो ? गरुड निवेदन गर्छन्, “हे प्रभो ! यस बखत यो कुरा बताइबक्सियोस् ।” अनि राइटर बाजे कत्ति हतार नगरी एक–एक बुँदा गर्दै सविस्तार अह्रन–खटन गर्छन् । तुलसीको मोठ नजिकै गोबरले लिपेर मण्डप बनाओस् । त्यस मण्डपमा कुश छरोस् । कुशमाथि ओछ्याएको सेतो आसनमा शालिग्राम शिला स्थापना गरोस् । अनि त्यहाँ तील छरोस् । यति भनेर बाजे आफ्नै मुखले आफ्नो श्रेष्ठताको स्तुति गान गर्छन्, “तिल मेरा पसिनाबाट उत्पन्न भएको हो, अतः त्यो पवित्र छ ।”

अब के गर्ने ? बाजे उवाच, “शालिग्राम शिलाको गंगाजल र सुवर्णरत्न मुखमा राखिदेओस् ।” यीमध्ये जुन आइटम प्रयोग गरे पनि मर्न लागेको मानिस सबै पापबाट मुक्त भई सरासर स्वर्ग जान्छ भनी जोड दिएर दोहोर्‍याउँछन् ।

बाजेको अलौकिक बुद्धिको ताछिल्य देखेर लौकिक तर्कमात्र जान्ने श्रोताका मनमा एउटा लाटो तर्क उठ्न सक्छ— एउटै तुलसीका प्रतापले मानिस सरासर स्वर्ग जाने भएपछि तीलको लेठो किन ? मुखमा गंगाजल राखिदिनाले मात्र सबै पाप सनक्कै नासिने भएपछि हरि–नामको रटना किन ?

यहाँ बाजेको अलौकिक बुद्धिको ताछिल्य देखेर लौकिक तर्कमात्र जान्ने श्रोताका मनमा एउटा लाटो तर्क उठ्न सक्छ— एउटै तुलसीका प्रतापले मानिस सरासर स्वर्ग जाने भएपछि तीलको लेठो किन ? मुखमा गंगाजल राखिदिनाले मात्र सबै पाप सनक्कै नासिने भएपछि हरि–नामको रटना किन ? तर श्रोतालाई स्रष्टा बाजेको बचनमाथि प्रश्न गर्ने अधिकार छैन, उसका भागमा त केवल हनुमानको मूर्ति भएर सुन्ने र बाजेका मुखारविन्दबाट देववाणी प्रकट भइरहेछन् भनेर ए टु जेड् विश्वास गर्ने कर्तव्यमात्र छ । कसैले प्रश्न सोधिहालेछ भने शून्य आकाशतिर गर्धन तन्काएर वाचक बाजे उत्तरको रट लगाउँछन्— भगवान्को आज्ञा यस्तै छ । पुरोहित बाजे भगवान्को आज्ञाप्रति आज्ञाकारी छन् । उनी प्रत्याशा गर्छन्— जगत्का अज्ञानी र पापीहरूले मेरो आज्ञाप्रति आज्ञाकारी बन्नु अनिवार्य छ ।

दुर्भाग्यवश, कथालेखक र कथावाचक बाजेहरूका आज्ञाहरूप्रति आज्ञाकारी बन्न म चुकेँ । त्यसैले याचक प्रवृत्ति भएका वाचकका हातबाट पानी पर्छिइनबाट पनि म वञ्चित भएको छु । जब बाजे अरु श्रोताहरूलाई छ्याप्प पानी छ्याप्छन्, त्यसबेला उनी मलाई पलभरको क्रुद्ध दृष्टिमात्र कृपा गर्छन् । लौ, कथाको क्रमलाई अल्पकालीन विश्राम प्रदान गरेर बाजेले मलाई एक राउन्ड क्रुद्ध दृष्टि प्रदान गरिहाले ।

पानीका थोपारूपी वाणको प्रहारले तर्सेर श्रोतागण सजग भएपछि बाजे कथाको रथ हाँक्न थाले, “भर्खरै बताइएका विधिहरू सम्पन्न गरेपछि मृतक पृथ्वीलोकको दुःख खप्न फेरि कहिल्यै फर्किनु नपर्ने गरी स्वर्ग जान्छ ।” बाजेको स्वर्ग जानेहरूको स्रेस्तामा ब्राह्मण, छेत्री र वैश्यको त उल्लेख छ तर उनका मुखारवृन्दबाट शूद्र वा दलितको भने उच्चारण हुँदैन । तुलसी महात्म्य कहने क्रममा बाजे आज्ञा गर्छन्— जसका आँगनमा तुलसी रोपिएको छ, त्यतिमात्रले पनि ऊ स्वर्ग जान्छ । बाजेहरूको कर्मकाण्डीय विधानले वैश्य र शूद्रलाई तुलसी रोप्ने अधिकार त दिएको छैन–छैन, अझ त्यसमाथि तिनलाई तुलसी छुनबाट पनि वर्जित गरिएको छ । भन्देखिन् बाजेले वैश्यलाई स्वर्गको बाटो समात्न पाउने अनुमति कसरी दिएका हन्, आश्चर्य लाग्छ । धन र धाक, मान र मर्यादाका एकाधिकारी बडीबाजेले शूद्रलाई त्यो कृपा प्रदान गर्न त तीनत्रिलोक चौध भुवनमै असम्भव छ ।

तुलसी महात्म्य कहने क्रममा बाजे आज्ञा गर्छन्— जसका आँगनमा तुलसी रोपिएको छ, त्यतिमात्रले पनि ऊ स्वर्ग जान्छ । बाजेहरूको कर्मकाण्डीय विधानले वैश्य र शूद्रलाई तुलसी रोप्ने अधिकार त दिएको छैन–छैन, अझ त्यसमाथि तिनलाई तुलसी छुनबाट पनि वर्जित गरिएको छ । भन्देखिन् बाजेले वैश्यलाई स्वर्गको बाटो समात्न पाउने अनुमति कसरी दिएका हन्, आश्चर्य लाग्छ ।

कथाको तन्तु तन्किरहेकै छ । नश्वर देहको नीयतिमाथि प्रकाश पार्दै बाजे भन्छन्, “पृथिवीमा पृथिवी, जलमा जल, तेजमा तेज, वायुमा वायु र आकाशमा आकाश लीन भइसकेपछि बाँकी रहने मृत शरीरको किरा, विष्ठा र भष्मस्वरूपले तीन अवस्था हुन्छ । क्षणमै नष्ट हुने मनुष्यहरूले देहमा गर्व किन गर्नु ?” प्राणवायु पञ्चमहाभूतमा विलीन भइसकेपछि स्वर्गतिर उड्ने तत्व नै के रहन्छ र बाजे ? बाजेलाई यो प्रश्न सोध्न श्रोताहरूलाई मनाही छ ।

नवौँ अध्याय समाप्त हुन लागिसक्यो । तैपनि आज पुरोहित बाजेलाई दान दिने प्रसङ्ग किन भूमिगत भएको होला ? चकित मुद्रामा जब म गम्दै थिएँ, वाचक बाजेले गरुड पुराणको वास्तविक लक्ष्य वा त्यसको प्रयोजनको बाकाइदा उद्घाटन गरिहाले, “सुन्दर दिव्य देवतास्वरूप निर्मल वस्त्र र दिव्य माला पहिरेको, रत्न जडेका सुवर्ण गहना लगाइएको, दानको निर्मल प्रभावले गर्दा देवताले पूजा गरिएको त्यो महानुभाव पुरुष स्वर्गमा प्राप्त हुन्छ ।”

एकतीस

लै, मान्छे पर्‍यो । श्री गणेशाय नमः । पुराण लेखक बाजेलाई गरुड सोधनी गर्छन्, “हे विभो ! पुणयात्मा पुरुषका दाहको विधान बताइबक्सियोस् ।” गरुड आफू पुरुष भएर होला, उनलाई स्त्रीको प्रायः सम्झना नै हुँदैन । यहाँ भने उनले कृपापूर्वक स्त्रीको सम्झना गरे, “पत्नी पतिव्रता रहिछ भने त्यसको महिमा पनि आज्ञा होस् ।” आग्रहबमोजिम बडीबाजे बक्सिन र आज्ञा गर्न थाले । कपाल खौरिने कार्यको मिहिन वाचनपछि बाजेले आँखाका तीर मतिर ताक्दै कडा स्वरमा भने, “माता–पिता मरेका बखत जसले मुण्डन गरेन त्यो संसाररूपी समुन्द्र तार्ने छोरो हो भनेर कसरी जान्नु ?”

यसपछि बाजेलाई नाका–नाकामा दक्षिणा दिनुपर्ने सन्दर्भले विषय प्रवेश गर्‍यो । बडीबाजे आज्ञा गर्छन्, “सङ्कल्प पढी, नाम–गोत्र उच्चारण गरी दक्षिणासहित पिण्ड देओस् ।”

एउटा भुस्याहा कुकुरले लुसुलुसु आएर बाजेलाई पछाडिबाट सुँग्यो । म सम्झन्छु, त्यो कुकुर बिहान खोलामा प्रेतात्माको वारिसे भएर पिण्ड खाइरहेको थियो । दूध र घिउमा पकाएर डल्ला पारी बाहिर तिल छर्केको सुस्वादु पिण्ड आफूलाई अर्पण गर्ने दयालु बाजेप्रति कृतज्ञ भएझैँ गरी कुकुरले बाजेको कान चाट्न खोज्यो । बाजे झस्किए ।

एउटा भुस्याहा कुकुरले लुसुलुसु आएर बाजेलाई पछाडिबाट सुँग्यो । म सम्झन्छु, त्यो कुकुर बिहान खोलामा प्रेतात्माको वारिसे भएर पिण्ड खाइरहेको थियो । दूध र घिउमा पकाएर डल्ला पारी बाहिर तिल छर्केको सुस्वादु पिण्ड आफूलाई अर्पण गर्ने दयालु बाजेप्रति कृतज्ञ भएझैँ गरी कुकुरले बाजेको कान चाट्न खोज्यो । बाजे झस्किए । वाचनको क्रम भङ्ग भयो । अनि बाजेले बाल्टिनको पानीमा चोबिएको सिमलीको स्याउलोले भुस्याहामाथि पवित्र जल वृष्टि गरे— छ्याप्प । कुकुर सुस्त गतिमा अलि परसम्म गयो र फर्केर बाजेलाई पुलुक्क हेर्‍यो । यता बाजे आफूमाथि आफैँ पानी छर्केर पवित्र भई वाचकर्ममा लीन भइसकेको थिए ।

कथामा शवलाई कात्रोले बेरेर घाटतर्फ चलाउने क्षण आयो । पुराण लेखक बाजेका विशाल हृदयमा अपार उदारता छ । धार्मिक विधानअनुसार गरिने प्रत्येक कर्मवापत बाजे कर्म गर्नेलाई यति धेरै फलको प्रबन्ध मिलाइदिन्छन्, त्यो फल पाउने मानिस फलको चाङमुनि किचिएर मर्ने खतरा हुन्छ । बाजेले मलाई पनि दह्रै फल कृपा गरे, “मरेका बाबुलाई काँधमा बोकेर जसले मसानमा लैजान्छ, त्यस छोराले अश्वमेध यज्ञको फल पाइला–पाइलामा पाउँछ ।”

मैले कतै पढेको वा सुनेको थिएँ— जसले अश्वमेज्ञ यज्ञ सम्पन्न गर्छ त्यस यज्ञको प्रतापले ऊ आफ्ना घोडाले टेकेजति जमिनको राजा बन्छ । बाजेको आज्ञा साकार हुने हो भने यस हिन्दूलोकमा कुकुरले खाइनसक्नु राजा हुने भए । अनि सिंहासनरूपी हड्डीका लागि तिनका बीचमा मल्लयुद्ध हुँदा त्यस युद्धको चापलाई यस दुर्बल धरतीले कसरी थेग्न सक्ला र ?

कथामा शवलाई घाटमा पुर्‍याइयो । चिता केको बनाउने हो ? बाजेको राय मुखर भयो, “अग्निको प्रार्थना गरी श्रीखण्ड, तुलसी, पलाँस र पिपलका दाउराहरूको चिता बनाओस् ।” बाजेको कथनमाथि म तर्क गर्छु— ल है, यिनले वित्यास पारे ! चिलाउने र विलाउनेका दाउरासम्म पनि जोरजाम गर्न बडो गाह्रो भएको यो अभावयुक्त जमानामा बाजेको राय पालन गरी वनमारा, तस्कर र माफियाहरूले त यी मूल्यवान् बुटा र बृक्षहरूका दाउरा किन्न सक्लान् नै । तर धरतीका बाँकी अगणित प्राणीहरूले के गर्ने होला ? बैकुण्ठबासी भगवान् बाजेसँग सोधूँ, इहलोकका प्राणीहरूको उनीसँग टेलिफोन सम्पर्क छैन । कथावाचक बाजेलाई लेखेको पढ्नु र घोकेको सुनाउनुबाहेक अरु कुनै कुराको ज्ञान छैन ।

चिलाउने र विलाउनेका दाउरासम्म पनि जोरजाम गर्न बडो गाह्रो भएको यो अभावयुक्त जमानामा बाजेको राय पालन गरी वनमारा, तस्कर र माफियाहरूले त यी मूल्यवान् बुटा र बृक्षहरूका दाउरा किन्न सक्लान् नै । तर धरतीका बाँकी अगणित प्राणीहरूले के गर्ने होला ? बैकुण्ठबासी भगवान् बाजेसँग सोधूँ, इहलोकका प्राणीहरूको उनीसँग टेलिफोन सम्पर्क छैन । कथावाचक बाजेलाई लेखेको पढ्नु र घोकेको सुनाउनुबाहेक अरु कुनै कुराको ज्ञान छैन ।

कथाको पोयो यहाँ आइपुग्दा बाजेसामु एउटा जटिल प्रश्नले शिर उठायो । पञ्चकमा मरेकालाई गति वा मोक्षदान कसरी गर्ने ? गम्भीर चिन्तनपछि बडीबाजेले प्रश्नको हल निकाले— दानको बदला दान लिनु यथोचित आदान–प्रदान हो । तसर्थ आदान–प्रदानको यही मान्यतालाई शिरोपर गर्दे पञ्चकमा मरेकालाई स्वर्गको ढोका खोलिदिने विधिको रचना भयो । र, बडीबाजेका कलमबाट सुमधुर मोक्षवाणी प्रकट भयो, “ब्राह्मणलाई तीलपात्र, सुवर्ण, रूपैयाँ, रत्न र घिउले टम्म भरिएको काँसको भाँडो दान गरी पञ्चक मरणको अशुभलाई शुभमा रूपान्तरित गरोस् ।”

बिरलै उठ्ने स्त्रीको प्रसङ्ग अहिले फेरि उठ्यो । “मर्न लागेकी स्त्री पतिव्रता रहिछ र उसले लोग्नेको चितामा जलेर मर्ने इच्छा गरी भने त्यस स्त्रीलाई सोही चितामा जलाइयोस् । स्त्रीले पवित्र स्नान गरोस् । उसले लाली, पाउडर, गाजल र असल वस्त्रहरूले शरीरलाई सुशोभित गराओस् । ब्राह्मणलाई दान गरोस्, गुरुलाई नमस्कार गरोस्, मन्दिरमा गई सबै गरगहना समर्पण गरोस् र बेलको दानो हातमा लिई मसानघाटमा जाओस् । अनि सूर्यदेवलाई नमस्कार गरी पतिको चिताको परिक्रमा गरोस् र पुष्परूपी चितामा बसेर पतिलाई आफ्नो काखमा सुताओस् । तत्पश्चात् मित्रहरूलाई बेलको दानो दिएर आफूलाई जलाइदिन बिन्ती गरी गंगास्नान समान शीतल मानेर आफ्नो शरीर जलाओस् ।” आत्मावादी भगवान् बाजे सति जाने स्त्रीलाई भयमुक्त तुल्याउने मनसायले ब्रह्मज्ञान वितरण गर्छन्, “स्त्रीले मरेका लोग्नेको शरीरसँगै आफ्नो शरीर डढाई भने त्यसको शरीरमात्र आगोले जलाउँछ, आत्मालाई कौनै पिडा हुँदैन ।”

सति जाने स्त्रीले प्राप्त गर्ने फलको बयान गर्न सहस्र जिब्रा भएका शेषनागसमेत पनि असमर्थ होलान् भन्ने प्रतीत हुन्छ । पुरोहित उवाच— त्यो स्त्री अरुन्धतीसमान भएर स्वर्गमा पुजिन्छे । स्वर्गमा अप्सराहरूले उसको स्तुतिगान गर्छन् । जहिलेसम्म चौध इन्द्र रहन्छन् तैलेसम्म ऊ पतिसँग रमण गर्छे । गणना गर्ने अति सूक्ष्म दृष्टि र अति मिहिन कलाले युक्त बडीबाजे आफ्नो दिव्य गणितको ज्ञान प्रस्तुत गर्दै आज्ञा गर्छन्, “मनुष्यका शरीरमा साढे तीन करोड रौँ हुन्छन् । सती जाने नारी त्यति नै वर्ष स्वर्गमा बसेर पतिका साथ आनन्दको उपभोग गर्दछे । चार सूर्य रहुन्जेल सूर्यको जस्तो कान्ति भएको विमानमा बसेर लोग्नेका साथ वहार गर्दछे ।”

गणना गर्ने अति सूक्ष्म दृष्टि र अति मिहिन कलाले युक्त बडीबाजे आफ्नो दिव्य गणितको ज्ञान प्रस्तुत गर्दै आज्ञा गर्छन्, “मनुष्यका शरीरमा साढे तीन करोड रौँ हुन्छन् । सती जाने नारी त्यति नै वर्ष स्वर्गमा बसेर पतिका साथ आनन्दको उपभोग गर्दछे । चार सूर्य रहुन्जेल सूर्यको जस्तो कान्ति भएको विमानमा बसेर लोग्नेका साथ वहार गर्दछे ।”

सतिगमनबाट यस्तो आनन्द प्राप्त गर्ने अवसरलाई गुमाउने स्त्रीप्रति पुराण लेखक बाजेमा प्रचण्ड क्रोध पैदा हुन्छ र बाजे परशुराम मुद्रामा दण्डात्मक आदेश जारी गर्छन्, “हे गरुड ! स्त्री सति जान तयार भइन भने त्यसलाई बलात् पतिका साथ जलाइयोस् ।”

सतिप्रथा महात्म्य टुङ्गियो र मानिसको उमेरगत योग्यताअनुसार सद्गति गर्ने विधि र भोजन एवम् दानको प्रकरण प्रारम्भ भयो, “गर्भ पूर्ण भएकी स्त्री मरी भने के गर्ने ?” पेटको बालकलाई झिकेर भुमिमा गाडोस् र स्त्रीलाई जलाओस् । विदेशमा मरेको सत्ताइस महिनाभित्रको बालकलाई गाडोस् । सत्ताइस महिना नाघेको बालकलाई जलाओस्, र बालकहरूलाई नै भोजन गराओस् । शिशु मरे दूधदान गरोस् । बालक मरे सुनको घडादान गरोस् । कुमार मरे कुमारहरूलाई नै भोजन गराओस् । व्रतबन्ध भएको बालक मरे ब्राह्मणलाई भोजन गराओस् । किशोर र तरुण मरे शय्यादान, बृषोत्सर्ग र पददान, महादान, गोदान पनि देओस् ।”

बत्तीस

त्यस दिनको पुराण समाप्त भएको केहीबेरमा मेरो कोठामा भीष्म दाइ आउनुभयो । भीष्म दाइ अर्थात् भीष्मभूषण संग्रौला । रुचि र निष्ठाका दृष्टिले वैदिक वाङ्मयका उत्साही विद्यार्थी र हिन्दू कर्मकाण्डका कट्टर विरोधी । पार्टीगत दृष्टिले राष्ट्रिय प्रजातन्त्र पार्टीका रैथाने बौद्धिक पात्र । कोठामा पुरोहित बाजेका एकाध योद्धाको पनि उपस्थिति थियो । ती को को थिए, अहिले मलाई सम्झना भएन । बिर्सिदिए पनि हुने ती अनुहारहरू त्यहीँ छुटेछन् । भीष्म दाइ र ती रुढिका सन्तानहरूमाझ दुईथरी विश्वासको झडप सुरु भयो । अहिले भने मैले मौन रमिते भएर वैचारिक घर्षणको मोर्चामा अल्प–विश्राम गर्ने अवसर पाएँ ।

“लोभको भाँडोसरीको यो हिन्दू कर्मकाण्ड वैदिक दर्शन र हिन्दू सभ्यताका निधारको कलङ्क हो ।” भीष्म दाइको वाचाल जिब्रोबाट वाक्–वाणको बर्षा हुन थाल्यो ।

प्रत्युत्तरमा बाजेका लुते छापामारहरूले कन्सिरी कन्याउँदै सनातन धर्म नमान्दा सामािजक संरचनामा ठेस लाग्ने र चौतर्फी उत्पात मच्चिने चिन्ता प्रकट गरे । भीष्म दाइको पक्षमा धुर पस्दै मौका छोपेर मैले भनेँ, “यो सामाजिक संरचना नै असमानता र अन्यायको जग हो । जे खराब कुराको जग हो, त्यो त भत्किएकै राम्रो । त्यो भत्काइबाट मुट्ठीभर मुखिया, ठालु र पुरोहितहरूलाई त घाटा पर्ला नै, बाँकीहरूलाई त आखिर राम्रै होला नि ।”

विवाद फेरि भीष्म दाइ र गरुडपथका पथिकहरूमाझ केन्द्रित भयो । भीष्म दाइको आवेगले उकालीको द्रुततर यात्रा लियो । अनुहार रातो पार्दै तातो भाकामा दाज्यैज्यूबाट आज्ञा भयो, “मेरा भाइले आँट गर्‍यो, मैले सकिनँ । यस माम्लामा मेरो भाइ मेरो गुरु हो, म उसको प्रवक्ता । कर्मकाण्डीय ठगीपथ वैदिक सभ्यताको शत्रु हो ।”

भीष्म दाइको आवेगले उकालीको द्रुततर यात्रा लियो । अनुहार रातो पार्दै तातो भाकामा दाज्यैज्यूबाट आज्ञा भयो, “मेरा भाइले आँट गर्‍यो, मैले सकिनँ । यस माम्लामा मेरो भाइ मेरो गुरु हो, म उसको प्रवक्ता । कर्मकाण्डीय ठगीपथ वैदिक सभ्यताको शत्रु हो ।”

बाजेका छापामारहरू भीष्म दाइको बौद्धिक सामर्थ्यका अगाडि टिक्न नसकेर टीएपी टाप भए ।

मैले भीष्म दाइलाई सोधेँ, “मेरो यस कृत्यले राप्रपाका भोट त नघट्लान्, दाज्यै ?” यो प्रश्न गर्दा मैले ओली भान्दाइलाई सम्झेको थिएँ ।

“आ....छाड्दे भोटसोटका गन्दे कुरा । घटे तिमी वामेहरूकै घट्लान्, हामी राप्रेहरूका भोट न घट्नु न बढ्नु । यसमा हामीलाई न लुतो न कन्याइ ।”

त्यसपछि भीष्म दाइले वैदिक वाङ्मय र हिन्दू सभ्यताको अपार महत्तामाथि प्रकाश पार्दे एक राउन्ड प्रवचन दिनुभयो । मैले जिज्ञासा प्रकट गरेँ, “दाज्यै, हिन्दू सभ्यता धुले दराजहरूमा अतीतका बन्द ग्रन्थहरूमा कैद भएको छ । वर्तमानमा त हिन्दुत्वको नाउँमा अन्धविश्वासको व्यापार र ठगीको धन्दा मात्र सर्वत्र व्याप्त छ । दाज्यै, ग्रन्थहरूमा कैद भएको हिन्दू सभ्यताको प्रकाशलाई मुक्त गर्ने कसरी हो ?”

“हिन्दूत्वको नाउँमा ठग वृत्ति गर्नेहरूलाई कोर्रा लगाएर त्यसलाई मुक्त गर्नुपर्छ ।”

“आफूलाई हिन्दूत्वका पक्षधर भन्ने प्रायःजसोले हिन्दूत्वलाई आफ्नो निकृष्ट स्वार्थ साध्ने साधन बनाएका म देख्छु । त्यसैले त म सोध्दै थिएँ, दाज्यैज्यू, आखिर मुक्त गर्ने कसरी हो ?”

“तिमीले जे गर्‍यौ, हो यसैगरी हो ।” बूढा फेरि मेरो प्रशंसाको पुल बाँध्न थाले, “असत्यलाई मास्ने र सत्यलाई पुनर्जागृत गर्ने काइदा यही हो । तब न मैले भनेको हुँ, भाइ— मैले सकिनँ, तिमीले आँट गर्‍यौँ । यसमा तिमीलाई मेरो स्याबासी छ । अब म भन्दै हिँडुछु— देख्यौ, मेरा भाइले गरेको मैल्यै गरेको हुँ ।”


कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।